मुख्य समाचार

प्रधानमन्त्री ओलीले विश्वासको मत लिनुहुने
१९ वैशाख, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिनुहुने भएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिने तयारी गरेको जानकारी दिनुभएको स्रोतले बताएको छ । स्रोतका अनुसार प्रधानमन्त्रीले वैशाख २७ गते विश्वासको मत लिने तयारी छ ।

नेपालमा आज थपिए ७ हजार २ सय ११ कोरोना संक्रमित, ३०–३९ उमेर समुहका धेरै
१९ वैशाख, काठमाण्डौँ । नेपालमा कोरोना भाइरसको संक्रमण भयावह बन्दै गएको छ । युवा उमेर समुहकामा संक्रमण बढी देखिएको छ । आज सात हजार दुई सय ११ जना कोरोना संक्रमित थपिएको मध्ये ३० देखी ३९ वर्ष उमेर समुहका संक्रमितको संख्या बढी भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै २०–२९ वर्ष उमेर समुहको संक्रमितको सख्या १७ सय ६७ रहेको छ । यसैगरी, ४०–४९ वर्ष उमेर समुहको संक्रमितको संख्या १२ सय २०..

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेल पुनः नियुक्त
१९ वैशाख, काठमाण्डौँ । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेल पुनः नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख धर्मनाथ यादवले उहाँलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । एकल बहुमतको आधारमा उहाँलाई मुख्यमन्त्री नियुक्त गरिएको पत्र दिइएको छ । पत्रमा संविधानको धारा १६८ को उपधारा १ बमोजिम नियुक्त गरिएको उल्लेख छ । उक्त धारमा प्रदेश प्रमुखले प्रदेश सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्ने र निजको अध्यक्षतामा प्रदेश मन्त्रिपरिषदको गठन हुने व्यवस्था..

खानेपानी मन्त्री थापालाई कोरोना सङ्क्रमण
१७ वैशाख, काठमाण्डौँ । खानेपानी मन्त्री मणिचन्द्र थापालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । उहाँको पिसिआर परीक्षणमा क्रममा आज बिहान सङ्क्रमण पुष्टि भएको उहाँका स्वकीय सचिव राजेन्द्र गौतमले जानकारी दिनुभयो । मन्त्री थापाकी छोरी उष्णता श्रेष्ठ थापालाई सङ्क्रमण भएपछि उहाँको हिजो स्वाब सङ्कलन गरिएको थियो । उहाँकी छोरीलाई चार दिनअघि सङ्क्रमण भएको थियो । मन्त्रीसहित उहाँको सचिवालयमा काम गर्ने १० जनाको पिसिआर परीक्षण गर्दा कसैलाई सङ्क्रमण देखिएन । सङ्क्रमण पुष्टि..

जसपाका प्रदेशसभा सदस्यमाथी कारवाही हुनसाथ महन्थले पत्र पठाए सभामुखलाई
१६ वैशाख, काठमाण्डौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा)का लुम्बिनी प्रदेशका चार प्रदेशसभा सदस्य पदमुक्तसंगै अध्यक्ष महन्त ठाकुरले प्रदेश प्रमुखलाई पत्र पठाउनुभएको छ । प्रदेशसभा सचिवालयले आज सन्तोषकुमार पाण्डेय, सुमन शर्मा रायमाझी, कल्पना पाण्डे र विजयकुमार यादव पदमुक्त भएको सूचना प्रकाशित गरेको थियो । यी चार सांसदमध्ये पाण्डेय र यादव प्रत्यक्ष निर्वाचित सांसद ्हुन भने रायमाझी र कल्पना पाण्डे समानूपातिक सांसद हुन् । पार्टीको निर्देशनविपरित मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारमा..

नेपाल समुहका एक्लो प्रदेश सांसदको स्पष्टोक्तिः म फ्लोर क्रस गर्दिन !
१६ वैशाख, कास्की । नेकपा एमाले नेपाल–खनाल समुहमा रहेका एक्लो गण्डकी प्रदेशसभा सदस्य इन्द्रलाल सापकोटाले आफूलाई बदनाम गर्ने गरी विभिन्न कोणबाट अनावश्यक हल्ला चलाइएको भन्दै अशन्तुष्टी व्यक्त गर्नुभएको छ । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ विरुद्ध अविश्वास प्रस्ताव पेश भइसकेको अवस्थामा आफू मन्त्री नबन्ने बताउनुभएको हो । हिजो सहज परिस्थितिमा आफूलाई वास्ता नगरिएको तर अहिले अविश्वास प्रस्ताव आइसकेपछि फ्लोर क्रस गर्ने त्रासले सरकारमा सामेल गर्न खोजिएको उहाँको भनाइ छ । तर..

दीपक मनाङ्गे गण्डकी प्रदेशको युवा तथा खेलकुदमन्त्रीमा नियुक्त
१६ वैशाख, कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । उहाँले स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङ्गे)लाई मन्त्रीमा नियुक्त गर्नुभएको हो । मनाङ्गेलाई युवा तथा खेलकुदमन्त्रीको जिम्मेवारी दिइएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । उहाँले आज नै पद तथा गोपनीयताको सपथ लिनुभएको छ । उहाँलाई प्रदेश प्रमुख अमिक शेरचनले सपथ गराउनुभएको हो । मन्त्रीमा नवनियुक्त मनाङ्गे मनाङबाट स्वतन्त्र सांसदको रुपमा निर्वाचित हुनुभएको थियो । मनाङ्गेलाई मन्त्री बनाएसँगै..

जनमोर्चाका सांसद सम्पर्कविहिन भएपछि गण्डकी प्रदेशसभा स्थगित
१५ वैशाख, कास्की । मुख्मन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा मतदान हुनुअघि भएको बैठकमा दुईजना सांसदहरु अनुपस्थित भएपछि गण्डकी प्रदेशको प्रदेशसभा स्थगित भएको छ । प्रदेशसभाको बैठक चलिरहँदा जनमोर्चाका सांसद खिमविक्रम शाही अनुपस्थित हुनुहुन्थ्यो । त्यसैगरी अर्का सांसद दीपक मनाङ्गे (राजीव गुरुङ) पनि बैठकमा देखा पर्नुभएन । शाहीले बिरामी भएको जनाउ दिएको र मोबाइल समेत अफ गरेको स्रोतले बताएको छ । गण्डकी प्रदेशसभामा सभामुखसहित कुल ६० सांसद छन् ।..

गण्डकी प्रदेशसभामा जनमोर्चाका सांसद हराएपछि खैलाबैला
१५ वैशाख, काठमाण्डौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा आज गण्डकी प्रदेशसभामा मतदान हुँदैछ । अपराह्न साढे ४ बजेबाट सुरु हुने भनिएको बैठकमा मतदान गर्ने कार्यसूची रहेको भनिएपनि अहिलेसम्म प्रदेशसभा सुरु भएको छैन । तर प्रदेशसभाको बहुमतमा निर्णायक बनेको राष्ट्रिय जनमोर्चाका एक प्रदेशसभा सदस्य अनुपस्थित भएपछि प्रदेशसभामा खैलाबैला भएको छ । प्रदेशसभा सदस्य खिमबिक्रम शाही प्रदेशसभा परिसरमा देखिएका छैनन् । त्यसअघि बुधबार नै बसेको पहिलो बैठकमा..

आजमात्र नेपालमा थपिए ४५ सय बढी कोरोना संक्रमीत
१४ वैशाख, काठमाण्डौँ । आजमात्र नेपालमा ४५ सय बढीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा पीसीआर र एन्टिजेन दुवै विधिबाट गरिएको परीक्षणमा ४५ सय २४ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार पीसीआर विधिबाट १४ हजार ६७२ जनाको परीक्षण गर्दा चार हजार ३४६ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै एन्टिजेन विधिबाट एक हजार नौँ जनाको परीक्षण गर्दा १६० जनामा..