अविरल वर्षापछिको भयानक बाढीले मेलम्ची बजार बगरमा परिणत

२ असार, सिन्धुपाल्चोक । अविरल वर्षापछिको भयानक बाढीले सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा व्यापक क्षति भएको छ । इन्द्रवती नदीमा आएको भिषण बाढीका कारण मेलम्ची बजारका दर्जनौ घरहरुमा क्षतिपुगेका छ । यस्तै बजार क्षेत्र बगरमा परिणत भएको छ । बाढीले घर भत्काएपछि पीडितहरु बिलौना गरिरहेको सुनिन्छन् भने कतिपय सम्पर्कबिहीन समेत रहेका छन् । आफ्नो धनसम्पत्ति खोलाको बगरमा परिणत भएपनि अब कसरी दैनिकी चलाउने भन्ने चिन्तामा उनीहरु डुबेका छन् । हिजो साँझदेखिको बाढीपछि..

दिल्ली जानुअघि नेता खनालले भावुक हुँदै भने ‘एमाले एकढिक्का बनाउनुहोस्’

२ असार, काठमाण्डौँ । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी मिलाउन आग्रह गर्नुभएको छ । उपचारका लागि दिल्ली जानुअघि नेता खनालले एमालेलाई एकढिक्का बनाउने भूमिकामा लाग्न ओलीलाई आग्रह गर्नुभएको हो । आज उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलको फोनबाट खनालसँग संवाद गर्नुभएका प्रधानमन्त्री ओलीले स्वास्थ्यलाभको कामना गर्नुभयो । त्यसक्रममा खनालले ओलीलाई पार्टी मिलाउन आग्रह गरेका खनालका निकट सहयोगी होम बुढाथोकीले बताउनुभयो । प्रधानमन्त्री ओलीसँग कुराकानी हुँदा..

सातै प्रदेश सरकारले आज बजेट प्रस्तुत गर्दै

१ असार, काठमाण्डौँ । सातै प्रदेश सरकारले आज आआफ्ना प्रदेशसभा समक्ष आर्थिक बर्ष २०७८÷७९ को बजेट प्रस्तुत गर्दै छन् । कोरोना महामारी नियन्त्रण, स्वास्थ्य पूर्वााधार विकास र आर्थिक पुनरुत्थानको कार्यक्रम बजेटको मुख्य प्राथमिकता रहेको प्रदेशहरुको नीति तथा कार्यक्रममा उल्लेख छ । यसबाहेक प्रदेशहरुको भूगोल तथा आ–आफ्नै विशेषता अनुरुपका मौलिक कार्यक्रमका लागि समेत बजेट विनियोजन गर्ने बताइएको छ । सातवटै प्रदेशका अर्थमन्त्रीले बार्षिक आय–व्यय प्रदेशसभामा प्रस्तुत गर्नुहुने कार्यक्रम छ । प्रत्येक..

एमालेलाई फुटबाट जोगाउन नेताहरु सक्रिय

३१ जेष्ठ, काठमाण्डौँ । नेकपा एमालेलाई फुटबाट जोगाउन नेताहरु सक्रिय भएका छन् । उनीहरुले विभिन्न विकल्पमा छलफल गरी सहमतिको बिन्दु निकाल्न प्रयास गरिरहेका छन् । अहिले एमालेको औपचारिक विभाजन रोकेर एकताको रसायन निर्माणमा बामदेव गौतम सबैभन्दा सक्रिय देखिनुभएको छ । उहाँले एकता पक्षधर नेताहरुसँग नियमित भेटघाट बढाउनुभएको छ । गौतम निवास भैंसेपाटीमा एकता पक्षधर नेताहरुको आवतजावत बाक्लो हुन थालेको छ । गौतमसँग उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले नियमित छलफल गर्दै..

कोटेश्वसमा माधव नेपाल, देउवा र प्रचण्डबीच भेटवार्ता

३१ जेष्ठ, काठमाण्डौँ । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न नेपाली कांग्रेस सभापति शेरवहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपाल निवास कोटेश्वर पुग्नुभएको छ । विपक्षी दलका शीर्ष नेताहरुबीच प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध बनेको गठबन्धनलाई थप प्रभावकारी बनाउँदै अघि बढ्ने विषयमा छलफल भएको बताईएको छ । आज साँझ एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको निवास कोटेश्वरमा काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’..

एसइईको नतिजा श्रावण दोस्रो साताभित्र सार्वजनिक गर्ने तयारी

३१ जेष्ठ, काठमाण्डौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा श्रावण दोस्रो साताभित्र सार्वजनिक गर्नेगरी तयारी सुरु गरेको छ । असार २० गतेभित्र सबै विद्यालयले आन्तरिक मूल्यांकन पठाउन निर्देशन दिएको बोर्डले कुनै अवरोध नभए श्रावण १५ भित्र नतिजा सार्वजनिक गर्नेगरी काम सुरु गरेको बोर्डलाई उद्धृत गर्दै राष्ट्रिय समाचार समितिले जनाएको हो । विद्यार्थीको आन्तरिक मूल्यांकनबाट प्राप्त नतिजा असार २० गतेभित्र जिल्ला समन्वय एकाई कार्यालयमा पठाइसक्नुपर्ने भएको छ ।..

पूर्व प्रधानमन्त्री खनाल अस्पताल भर्ना

३१ जेष्ठ, काठमाण्डौँ । पूर्व प्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना हुनुभएको छ । स्वास्थ्यमा आएको समस्याका कारण खनाल आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना हुनुभएको हो । स्वास्थ्यमा आएको सामान्य समस्याको कारण उहाँ अस्पताल भर्ना हुनुभएको उहाँको सचिवालयले पुष्टि गरेको छ । अहिले उहाँको स्वास्थ्य स्थिती सामान्य रहेको र आरामको लागि थप केही दिन अस्पतालममै रहनुपर्ने उपचारमा संलग्न डाक्टरहरुलाई उदृत गर्दै सचिवालयले सामाजिक सञ्जालमार्फत जानकारी दिएको छ ।

माधव नेपालको तन एमालेमा भएपनि मन प्रचण्डसंग छः विशाल भट्टराई

३० जेष्ठ, विराटनगर । नेकपा (एमाले)का प्रमुख सचेतक विशाल भट्टराईले माधव नेपाल कुनैपनि हालतमा एमालेमा नफर्किने दाबी गर्नुभएको छ । पछिल्लो समय अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकताको लागि गरेको आह्वानलाई समेत नेता नेपालले अस्विकार गरेर थप शर्तहरु तेर्साएको भन्दै अब एकता सम्भव नभएको भट्टराईको भनाई छ । तर, नेपाल पक्षका प्रभावशाली नेताहरुले भने माधव नेपाललाई कुनैपनि हालतमा साथ नदिने उहाँको दाबी छ । नेपाल पक्षधर स्थायी कमिटी..

सर्वाेच्चको आदेशविरुद्ध एमाले ‘भ्याकेट’मा जान्छः नेता नेम्वाङ

३० जेष्ठ, काठमाण्डौँ । कर्णाली प्रदेशसभाका चार सांसदलाई पुनर्बहाली गर्न सर्वाेच्च अदालतले अन्तरिम आदेश जारी गरेपछि सत्तारुढ दल नेकपा एमाले उक्त आदेशविरुद्ध पुनरावलोकन (भ्याकेट)मा जाने भएको छ । उक्त आदेशविरुद्ध पार्टी पुनरावलोकनका लागि सर्वाेच्च जान लागेको एमाले संसलीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले बताउनुभयो । नेता नेम्वाङले आफूहरु प्रकृयालाई मान्ने भन्दैै कर्णालीका बारेमा केही प्रश्नहरु उठेकाले पुनरावलोकनका लागि जान लागेको बताउनुभयो । नेता नेम्वाङले अदालतको फैसलालाई आफूहरुले सम्मान गर्ने तर अनावश्यक..

मुख्यमन्त्री नेपालीको पहिलो निर्णयः पूर्व मुख्यमन्त्रीहरुलाई सुविधा उपलब्ध गराउने

३० जेष्ठ, काठमाण्डौँ । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले डाकेको पहिलो मन्त्रिपरिषदको बैठकले पूर्व मुख्यमन्त्रीहरुलाई सुविधा उपलब्ध गराउने निर्णय गरेको छ । बैठकले यो संगै विभिन्न निर्णयहरु गरेको मुख्यमन्त्री कार्यलयले जनाएको छ । शनिबार साँझमात्र मुख्यमन्त्रीमा नियुक्त भएपछि आज विहान बोलाइएको मन्त्रिपरिषदको पहिलो बैठकले संघको सुविधा समेत हरेर पूर्व मुख्यमन्त्रीको सुविधा तोक्ने भएको छ । त्यसैगरी सरकारको प्रवक्तामा विनाविभागीय मन्त्री कुमार खड्कालाई जिम्मेवारी तोकिएको छ । ‘के कस्तो..