कक्षा १२ लगायत सबै परीक्षा स्थगित गर्न स्वास्थ्य मन्त्रालयको सिफारीस

कक्षा १२ लगायत सबै परीक्षा स्थगित गर्न स्वास्थ्य मन्त्रालयको सिफारीस

२२ श्रावण, काठमाण्डौँ । कक्षा १२ लगायत सबै तहको परीक्षा तत्कालका लागि स्थगित गर्न स्वास्थ्य मन्त्रालयले सिफारीस गरेको छ । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सरकारले परीक्षाहरु स्थगित गर्न सिसिएमसीलाई सिफारीस गरेको हो ।

आज स्वास्थ्यराज्यमन्त्री उमेश श्रेष्ठले सबै तहको परीक्षा स्थगित गर्न सीसीएमसीलाई सिफरिस गरेको जानकारी दिनुभएको छ । उहाँले ट्वीट गर्दै निकट भविष्यमा हुन लागेको सबै परीक्षा स्थगत गर्न स्वास्थ्य मन्त्रालय शिक्षा मन्त्रालय र कोभिड १९ संकट व्यवस्थापन केन्द्रलाई सिफारिश गरेको जानकारी गराउनुभएको हो ।

स्वास्थ्य मन्त्रालयले नै परीक्षा स्थगत गर्न सिफारिश गरेपछि स्थगन हुने संकेत देखिएको छ । परीक्षा स्थगत गर्न सर्वत्र दबाब बढेको छ । चिकित्सक र विज्ञहरुले नागरिकको जीवनरक्षाका लागि परीक्षा स्थगत गर्नुपर्नेमा जोड दिएका छन् ।

सरकारले स्वास्थ्य मापदण्ड अपनाएर परीक्षा सञ्चालन गर्न स्वीकृती दिएपछि कक्षा १२ को परीक्षा साउनको अन्तिमबाट सुरु गर्ने गरी सूचना जारी भएको थियो । त्रिभुवन विश्वविद्यालयलगायत विभिन्न विश्वविद्यालयले परीक्षा तालिका नै सार्वजनिक गरी सूचना जारी गरेका थिए । अब सबै परीक्षाहरु स्थगत हुने निश्चितप्रायः भएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270