मुख्य समाचार
आज राष्ट्रिय धान दिवसः दही च्यूरा खाएर मनाइँदै
१५ असार, काठमाण्डौँ । प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही च्यूरा खाएर मनाइँदै छ । कामको चटारोले थकित भएका किसानहरु दही च्यूरा खाँदा शक्ति प्राप्ति हुन्छ भन्ने मान्यता राख्दछन् । यसबेला दही च्यूराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वको रुपमा पनि लिइन्छ । खेतीपाती बाहेक अन्य पेशा र व्यवसायमा लागेका नेपालीले..
एमालेको स्थायी समितिको बैठक सुरु
१३ असार, काठमाण्डौँ । नेकपा एमालेको स्थायी समिति बैठक सुरु भएको छ । बिहान नौ बजेका लागि बोलाएको बैठक साढे १० बजेपछि मात्रै सुरु भएको हो । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको छ । नेताहरु आउन ढिला भएपछि केही ढिलागरी बैठक सुरु भएको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो । बैठकमा पार्टी एकता, सर्वाेच्च अदालतले गरेका पछिल्ला फैसला लगायतका विषयमा छलफल हुने नेताहरुले बताएका छन् । यसअघि..
प्रचण्ड र माधव नेपालबीच एउटै दलमा रहने सहमती भईसकेको खुलासा
११ असार, काठमाण्डौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालबीच पहिल्यै एउटै दलमा रहने सहमती सहितको खाका तयार भईसकेको खुलासा भएको छ । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी हुँदा अध्यक्ष प्रचण्ड र नेता नेपाल एकजुट हुनुहुन्थ्यो । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध एक भई उहाँहरुले नेकपाको फरक खेमा बनाई शक्तिबाँडफाँड पनि गर्नुभएको थियो । जस अनुसार प्रचण्ड र नेपाल दुवै अध्यक्ष हुनुभएको थियो ।..
मन्त्रीहरुको जिम्मेवारी हेरफेरः एक मन्त्रीलाई पाँच मन्त्रालय
१० असार, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुको जिम्मेवारी हेरफेर गर्नुभएको छ । सर्वाेच्च अदालतले २० मन्त्रीहरुलाई जिम्मेवारीबाट मुक्त गरेपछि ओली क्याविनेटमा चार जना मात्रै मन्त्री कायम रहनुभएको थियो । प्रधानमन्त्री ओलीले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई गृहसहित उद्योग, वाणिज्य तथा आपूर्ति, ऊर्जा, जलस्रोत तथा सिञ्चाइ मन्त्रालयको जिम्मेवारी दिनुभएको छ । त्यस्तै, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठलाई वन तथा वातावरण, युवा तथा खेलकुद, श्रम रोजगार र स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिईएको छ..
राष्ट्रिय तथा अन्तराष्ट्रिय हवाई उडान सञ्चालन गर्ने निर्णय
९ असार, काठमाण्डौँ । सरकारले मुलुकको आन्तरिक तथा अन्तराष्ट्रिय हवाई उडान संञ्चालन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार भएको बैठकले कोभिड–१९ महामारी नियन्त्रणका लागि स्थगन गरिएका हवाई उडान शर्तसहित पुनःसञ्चालन गर्ने निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार गन्तव्य र वायुसेवा कम्पनीअनुसार कोटा तोकेर उडान संञ्चालन हुनेछन् । स्वास्थ्यको पूर्ण पालना हुनेगरी अर्काे आदेश जारी नभएसम्मका लागि आन्तरिकतर्फ कूल उडान सङ्ख्याको ५० प्रतिशतमा..
के हो स्मार्ट लकडाउन ?
५ असार, काठमाण्डौँ । ‘स्मार्ट’ शब्द पछिल्लो समय सूचना–प्रविधिसँग जोडिएका कुराहरुमा प्रयोग गर्ने गरिन्छ । जस्तै, स्मार्ट कार्ड, स्मार्ट राहदानी, स्मार्ट लाइसेन्स, स्मार्ट शौचालय आदि । तर, सूचना–प्रविधिभन्दा पनि जनजीवनसँग जोडिएको लकडाउन कसरी स्मार्ट हुन्छ त ? सीसीएमसीका पदाधिकारी तथा उद्योग मन्त्रालयका सहसचिव कृष्णहरी पुष्कर स्वास्थ्यको मापदण्डलाई कडाइका साथ लागु गरेर आर्थिक र सामाजिक क्रियाकलापलाई निरन्तरता दिने योजनालाई स्मार्ट लकडाउनरुपमा अथ्र्याउँनुहुन्छ । भनेको स्रोत र साधनले भ्याएसम्म सबै काम अनलाइनबाट..
महन्थद्धारा जसपाको कार्यकारिणी समिती हेरफेरको पत्र निर्वाचन आयोगमा
५ असार, काठमाण्डौँ । जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुरले आफूलाई पार्टीको प्रथम अध्यक्ष दाबी गर्दै कार्यकारिणी समिती सदस्यको व्यापक हेरफेर गरेको पत्र निर्वाचन आयोगलाई बुझाउनुभएको छ । जसपा अध्यक्ष ठाकुरले २० जना कार्यकारिणी समिति सदस्यलाई हटाएर आफू निकट नयाँ मनोनित समेत गर्नुभएको छ । मनोनित हुनेहरुमा पूर्व समाजवादी पार्टीका १४ जना छन् भने पूर्व राजपाका ६ जना छन् । ठाकुरले जेष्ठ ३ गते कार्यकारिणी समिती सदस्यको हेरफेर गर्नुभएको..
गण्डकीका मुख्यमन्त्री पोखरेललाई विश्वासको मत प्राप्त
४ असार, कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशसभामा आज विश्वासको मत प्राप्त गर्नुभएको छ । मुख्यमन्त्री नेपालीले आफूलाई विश्वासको मत दिइयोस् भनेर सभासमक्ष राख्नुभएको प्रस्ताव निर्णायार्थ प्रस्तुत हुँदा प्रस्तावको पक्षमा ३१ र विपक्षमा २७ मत प्राप्त भएको सभामुख नेत्रनाथ अधिकारीले सभामा घोषणा गर्नुभएको थियो । आजको बैठकमा ५८ सदस्य उपस्थित हुनुहुन्थ्यो । मुख्यमन्त्रीलाई नेपाली काँग्रेसका १५, नेकपा माओवादी केन्द्रका ११, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा दुई÷दुई..
एमाले विभाजन भयो भने म केपी ओलीसँग रहन्छुः योगेश भट्टराई
४ असार, काठमाण्डौँ । नेकपा (एमाले)का नेता तथा पूर्वमन्त्री योगेश कुमार भट्टराईले आफू पार्टी एकताको पक्षमा रहेको स्पष्ट पार्नुभएको छ । उहाँले आफूले यसको लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग नियमित भेटवार्ता गरिरहेको पनि सुनाउनुभयो । पत्रकार ऋषि धमलासँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफूले एकताको लागि नै इमानदार प्रयास गरेको दाबी गर्नुभयो । उहाँले पार्टीभित्र सहकार्य हुने र निषेध नहुने जिकिर गर्नुभयो । नेता भट्टराईले माधव..
सर्वाेच्चलाई राष्ट्रपति र प्रधानमन्त्रीको जवाफ ‘न्यायपालिकाले प्रधानमन्त्री नियुक्ति गर्न मिल्दैन’
३ असार, काठमाण्डौँ । राष्ट्रपति कार्यालय र प्रधानमन्त्री केपी शर्मा ओलीले आज सर्वाेच्च सर्वाेच्च अदालतलाई प्रतिनिधि सभा विघटनसम्बन्धी लिखित जवाफ पेश गर्नुभएको छ । सारमा दुवैको जवाफ उस्तै खालको देखिन्छ । जसमा प्रधानमन्त्री नियुक्तिको अधिकार राष्ट्रपति बाहेक कसैलाई नदिएको जिकिर गरिएको छ । प्रधानमन्त्री ओलीले सर्वाेच्च अदालतलाई लिखित जवाफ पठाउँदा पाँचौं बुँदामा स्पष्टसँग ‘अदालतले प्रधानमन्त्री नियुक्त गर्न सक्दैन’ भन्नुभएको छ । जवाफमा भनिएको छ, ‘अदालत आफैले व्यवस्थापिका वा कार्यपालिकाको भूमिका..


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७