मनाङपछि मुस्ताङ बन्यो कोरोना विरुद्धको पूर्ण खोप लगाउने दोस्रो जिल्ला

मनाङपछि मुस्ताङ बन्यो कोरोना विरुद्धको पूर्ण खोप लगाउने दोस्रो जिल्ला


२० श्रावण, मुस्ताङ । मनाङ पछि १८ वर्ष भन्दा माथिका सबै नागरिकलाई कोरोना विरुद्धको खोप लगाउने दोस्रो जिल्ला मुस्ताङ बनेको छ । स्वास्थ्य कार्यालय मुस्ताङका प्रमुख टीकाराम भण्डारीका अनुसार जिल्लाका १८ वर्षभन्दा माथिका ९ हजार ३०० नागरिकलाई खोप लगाइएको छ ।

मुस्ताङमा विभिन्न क्षेत्रमा काम गर्न बाहिरी जिल्लाबाट पुगेका दुई सय १३ नागरिकलाई पनि खोप लगाइएको स्वास्थ्य कार्यालयले जनाएको छ । योसँगै मुस्ताङमा पूर्ण खोप पाउनेको सङ्ख्या ९ हजार ५१३ रहेको छ ।

मुस्ताङमा ६ हजार ७ सय २१ जनाले जोनसन एण्ड जोनसनको खोप लगाएका हुन् भने, ३२० जनाले भेरोसेल खोपको पूर्ण डोज लगाएका हुन् । त्यसैगरी २ हजार ४ सय ७२ जनाले कोभिशिल्ड खोपको पूर्ण डोज लगाएका हुन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर