
२२ श्रावण, काठमाण्डौँ । डा. गोविन्द केसीले स्वास्थ्य तथा जनसंख्याराज्यमन्त्री उमेश श्रेष्ठलाई पदमुक्त गर्नुपर्ने माग राख्दै अनशन थाल्ने घोषणा गर्नुभएको छ । उहाँले आगामी भाद्र ३ गतेबाट अनशन सुरु गर्ने घोषणा गर्नुभएको हो ।
आज एक विज्ञप्ती जारी गर्दै डा. केसीले यस्तो घोषणा गर्नुभएको हो । त्यस्तै, यसअघि सरकारसँग भएका सहमति तथा सम्झौता पनि कार्यान्वयन गर्नुपर्ने उहाँको माग छ ।
डा. केसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पछिल्लो समय सार्वजनिक स्वास्थ्य र शिक्षण संस्थाहरू कसरी धराशायी बनाइएको छ भन्ने उदाहरण धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान बन्न पुगेको छ, निजी मेडिकल कलेजका सञ्चालकलाई प्रतिष्ठानको उपकुलपति बनाएर पठाउँदा उनले कसरी निजी संस्थाहरूलाई पोस्न प्रष्तिष्ठान डुबाएका छन् भन्ने अब छरपस्ट भइसकेको छ ।’


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७