७ बैशाख, काठमाडौँ । बीमा समितिले कोभिड–१९ सम्बन्धी बीमालेख आजदेखि औपचारिक रुपमा जारी गरेको छ ।
आज देखी कोभिड–१९ सम्बन्धी पहिलो बीमालेख खरिद गरी औपचारीक सुरुवात गरिएको बीमा समितिका अध्यक्ष चिरन्जीबी चापागाईंले बताउनुभयो । उहाँले भन्नुभयोः ‘कोरोना भाइरस महामारीको रुपमा आएको छ । सानो रकमबाट भएपनि सङ्क्रमणमा परेका व्यक्तिलाई आर्थिक सहयोग होस भन्ने उद्देश्यले बीमालेख जारी गरिएको हो ।’
उहाँका अनुसार कोरोना भाइरस सङ्क्रमण पछिको उपचार सरकारले गर्ने भएपनि संक्रमित व्यक्तिको आर्थिक स्थितिलाई ध्यान दिएर बीमा लेख जारी गरिएको हो । यसलाई लकडाउनको अवस्थामा अनलाईनको माध्यमबाट सजिलै खरिद गर्न सकिने छ । साथै इन्टरनेटको पहुँच नभएको ठाउँमा समेत निर्जीवन बीमा कम्पनीहरुले काम गर्दै आएका कृषि बीमा तथा घुम्ती बीमामार्फत बीमा विक्री गर्ने व्यवस्था मिलाइएको बताईएको छ ।
अध्यक्ष चापागाईका अनुसार बीमा पोलिसी खरिद गरेको १५ दिन पछि एक वर्षसम्म पीसीआर प्रविधिबाट कोभिड १९ सङ्क्रमण भएको प्रभाणित भएमा बीमा दाबी गर्न सकिन्छ ।