तेह्रथुममा एक सय ५५ जनाको र्यापिड डायग्नोष्टिक टेष्ट, तीन जनाको रिपोर्ट पोजिटिभ

तेह्रथुममा एक सय ५५ जनाको र्यापिड डायग्नोष्टिक टेष्ट, तीन जनाको रिपोर्ट पोजिटिभ

७ वैशाख, तेह्रथुम । तेह्रथुममा भएको १ सय ५५ जनाको र्यापिड डायग्नोष्टिक टेष्टमा तीन जनाको रिपोर्ट कोरोना पोजिटिभ आएको छ ।

जिल्लाका दुई नगरपालिका र चार वटा गाउँपालिकामा एक साथ भएको र्यापिड टेष्ट परिक्षणमा पोजिटिभ रिपोर्ट आएका तीन जना र शंकास्पद सात जना गरी १० जनाको स्वाब संकलन गरी पीसीआर टेष्टकालागि विराटनगर स्थित कोशी अस्पताल पठाइएको जिल्ला स्वास्थ्य कार्यलय तेह्र्रथुमका प्रमुख जनस्वास्थ्य अधिकृत योगराज घिमिरेले बताउनुभयो ।

पीसीआर टेष्ट पछि मात्रै उनीहरुमा कोरोनाको संक्रमण भए नभएको पुष्टि हुने बताईएको छ । विदेशबाट आएका व्यक्तिको सम्पर्कमा भएका कारण उनीहरुमा कोरोना भएको हुनसक्ने आशंका गरिएको स्वास्थ्य कार्यलय तेह्र्रथुमका प्रमुख घिमिरेले बताउनुभयो । कोरोना संक्रमणको आशंकामा कार्यालयले म्याङलुङ नगरपालिकाका थप तीन जना र फेदाप गाउँपालिकाका तीन जनाको स्वाब संकलन गरी परीक्षणकालागि पठाएको जनाएको छ ।

उनीहरुमध्ये हाल जिल्ला अस्पतालमा चार जनाको आइसोलेसनमा राखेर उपचार भइरहेको छ । विदेशबाट आएका व्यक्तिहरु र उनीहरुको सम्पर्कमा रहेकाहरुको र्यापिड परीक्षण भइरहेको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर