नेपाली सेनाले ३४० टन स्वास्थ्य सामग्री चीनबाट ल्याउने तयारी

नेपाली सेनाले ३४० टन स्वास्थ्य सामग्री चीनबाट ल्याउने तयारी

काठमाडौं, ७ बैशाख । स्वास्थ्य सामग्री खरिद गर्न जिम्मा पाएकाे नेपाली सेनाले चीनबाट तीन सय ४० टन स्वास्थ्य सामग्री ल्याउने भएको छ । नेपाली सेनाको जंगीअड्डाले आइतबार दिउँसो नेपालस्थित चिनियाँ दूतावासमार्फत सम्झौतापत्र हस्ताक्षर गरेर चीनलाई पठाएको हो ।

पत्रमा चीनको तर्फबाट हस्ताक्षर हुन बाँकी छ । चीनबाट हस्ताक्षर भएर आएपछि सोमबार रकम पठाउँछौँ’, सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले अनलाइनखबरसँग भने, ‘कति रकम पठाउने र कुन विधिबाट पठाउने भन्ने भोलि नै टुंगो लाग्नेछ ।’

सरकारले स्वास्थ्य सामग्री खरिदका लागि सेनालाई बजेट सिलिङ दिएको थिएन । मन्त्रिपरिषद्ले स्वीकृत गरेको सामग्रीलाई सोही अनुरुप भुक्तानी दिने भनिएको थियो ।

चीनसँग दुईपक्षीय सम्झौता र भुक्तानीपछि चीनको गोन्जाओबाट सेनाले पीपीई, मास्क, ग्लोब्ससहित अन्य आवश्यक स्वास्थ्य सामग्री ल्याउनेछ ।

प्रतिक्रिया:

सम्बन्धित खवर