६ वैशाख, सुनसरी । उदयपुरको भुल्के मस्जिदमा कोरोना सक्रमित १२ जना संगै १० दिन बसेका सुनसरीका एकजना जमातीलाई आज बिहान भोक्राहा नरसिंहबाट स्थानीयहरुले प्रहरीको जिम्मा लगाईदिएका छन ।
भोक्राहा नरसिंह गाउँपालिका वडा नं. ५ का ४६ वर्षिया युसुफ मियाँ कोराना संक्रमित १२ भारतिय नागरिकहरुसंग विभिन्न मस्जिदहरु घुमेका थिए । उदयपुरको झुल्के मस्जिदमा पनि उनि १० दिनसम्म कोरोना संक्रमित भारतियसंग बसेर घर फर्किएका थिए । भुल्के मस्जिदमा कोरोना सक्रमित भेटिएको घटना सार्वजनिक भएपछि भोक्राहा नरसिंह ५ का नेपाल मुस्लीम संघ प्रदेश एकका सभापती हाजी इसराइल मन्सुरीलाई स्थानियले खबर गरेका थिए ।
सभापती मन्सुरीको नेतृत्वमा गएको प्रहरी टोलीले उनलाई स्वास्थ्य परिक्षण र क्वारेन्टाइनमा राख्नका लागी विराटनगर पठाएको छ । नेपाल मुस्लीम संघका प्रदेश सभापती मन्सुरीले सवै मस्जिदहरुमा र जमातमा गएर घर फर्केकाहरुको खोजीलाई व्यापक बनाएको बताउनुभयो । जमातीहरुको समुहमा बसेर आएका र जमातमा गएकाहरुको विवरण संकलन गरेर प्रशासनसंग समन्वय गरि क्वारेन्टाइनमा बस्न पठाउन मुस्लीम संघका प्रदेश नं. १ ले सहयोग गरीरहेको उहाँले जनाउनुभयो ।