२ भाद्र, काठमाण्डौँ । नेपालमा कोरोना भाइरसको महामारी भयावह बनेको छ । आज अहिलेसम्मकै सर्वाधिक एक हजार १६ जना संक्रमित थपिएसँगै अवस्था भयावह बनेको हो ।
एकै दिन एक हजारभन्दा बढी संक्रमित थपिएपछि त्रास बढेको छ । अलिहेसम्म कुल संक्रमितको संख्या २८ हजार २ सय ५७ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिनुभएको हो ।
आजसम्म १७ हजार ५ सय ८० जना संक्रमणमुक्त भएका छन् । आज ८५ जना संक्रमणमुक्त भएको डा. गौतमले जानकारी दिनुभयो ।
थप ७ जनाको मृत्युः
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मात्र ७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ । काभ्रे, नवलपरासी, मोरङ, धनुषा, बाँके, कास्की र तनहुँका एकएक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
कहाँ कति थपिए संक्रमित ?
मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्र २०५ जना संक्रमित थपिएका छन् । उनीहरुमध्ये काठमाडौंका १३८, ललितपुरका ५० र भक्तपुरका १७ जना छन् ।
यस्तै पर्सामा १२८ जना, मोरङमा १०८, सर्लाहीमा १०७, धनुषामा ६४, चितवनमा ४९, डोटीमा ४६, बारामा ४२, रौतहटमा ३७, मकवानपुरमा ३०, महोत्तरीमा २४, झापा र काभ्रेमा २१र२१ जना, कपिवलस्तुमा १९, सिराहा र कास्कीमा १६र१६ जना र रुपन्देहीमा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बर्दियाका ९ जना, सुनसरीका ८, बाँकेका ६, दैलेखका ५, नवलपुरका ४, संखुवासभा, सप्तरी, सिन्धुपाल्चोक र बाग्लुङका ३र३ जना, उदयपुर, धादिङ, दोलखा, गोरखा, तनहुँ र दार्चुलाका २र२ जना तथा खोटाङ, ओखलढुंगा, पाँचथर, सिन्धुली, लमजुङ, स्याङ्जा, दाङ, नवलपरासी, रोल्पा, रुकुम पश्चिम, सुर्खेत, कैलाली र कञ्चनपुरका १/१ जनामा पनि संक्रमण पुष्टि भएको छ ।