आज थप ४६८ जनामा कोरोना पुष्टि, मृत्यु हुनेको संख्या १०२ पुग्यो

आज थप ४६८ जनामा कोरोना पुष्टि, मृत्यु हुनेको संख्या १०२ पुग्यो

३१ श्रावण, काठमाण्डौँ । आज थप चार सय ६८ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत पछिल्लो २४ घण्टामा चार सय ६८ जनामा कोरोना संक्रमण भएको जनाएका हुन् ।

उनकाअनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा ११ हजार चार सय ४७ नमुना परीक्षण गरिएको थियो । आज थपिएका चार सय ६८ संक्रमितसँगै नेपालमा कुल संक्रमितको संख्या २६ हजार १९ पुगेको छ । र, निको हुनेको संख्या १७ हजार दुई सय १ जना रहेको छ । हालसम्म एक सय दुई जनाको निधन भएको हो ।

प्रदेश नम्बर १ मा ११ सय ८, प्रदेश नम्बर २ मा ३ हजार ५ सय ४५, बागमती प्रदेशमा ६ सय ४१ र गण्डकी प्रदेशमा १ हजार ५ सय २५ जना संक्रमित डिस्चार्ज भएका छन् ।

यस्तै प्रदेश नम्बर ५ मा ४ हजार २ सय ८६, कर्णाली प्रदेशमा १ हजार ९ सय ३३ र सुदूरपश्चिम प्रदेशमा४ हजार १ सय ६३ जना गरी आजसम्म कोरोनामुक्त हुनेको संख्या १७ हजार २ सय १ पुगेको हो ।

आज आइसोलेसनमा ८ सय १ सय ९३ जना संक्रमित उपचाररत रहेका छन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270