स्वास्थ्य / जीवनशैली

देशव्यापी रुपमा एउटै खालको लकडाउन हुँदैन, आजबाट जोरबिजोर प्रणाली लागु
२२ श्रावण, काठमाण्डौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोना संक्रमणको दर यही अवस्थामा रहेमा भदौदेखि शैक्षिक संस्था, हवाई उडान र सार्वजनिक यातायात संचालन गर्ने कार्यसूची परिमार्जन हुन सक्ने बताउनुभएको छ । काठमाडौंमा पत्रकारहरुसँगको अन्तरक्रियामा उहाँले ‘परीक्षण धेरै गरेको भए संक्रमित धेरै देखिन्थे, सरकारले परीक्षण नगरेको कारण संक्रमित भेटिएन’ भन्ने आरोपमा दम नरहेको समेत बताउनुभयो । उहाँले स्वास्थ्य सामग्री खरिद गर्दा ‘भ्रष्टाचारको बात लागेको’ गुनासोसमेत गर्नुभयो । अनियमितता भए..

सुनसरीमा निषेधाज्ञा घोषणा
२१ श्रावण, सुनसरी । जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाभर आज राती १२ बजे देखि श्रावण २६ गते राती १२ बजे सम्मका लागि लागू हुने गरी निषेधाज्ञा जारी गरेको छ । पछिल्लो समय सुनसरी जिल्लामा समुदाय स्तरमा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएको भन्दै दुहबी, इनरुवा, इटहरी, धरान र बराहक्षेत्र नगरपालिकाले लकडाउन सुरु गरेपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले निषेधाज्ञा जारी गरेको हो । प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले अत्यावश्यक सेवा, स्वास्थ्यकर्मी र..

आज थपिए ३८१ जना कोरोना संक्रमित, डिस्चार्ज हुनेको संख्या १५ हजार नाध्यो
२१ श्रावण, काठमाण्डौँ । बितेको २४ घण्टामा नेपालमा थप ३८१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । आजको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ३८१ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २१ हजार ३९० पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा १३० जना संक्रमणमुक्त भएका छन् भने हालसम्म कोरोना संक्रमण निको हुनेको कुल संख्या १५ हजार १५६ पुगेको..

झापाको भद्रपुरस्थित मेची अंञ्चल अस्पतालमा कोभिड–१९ को उपचार शुरु
२० श्रावण, झापा । झापाको भद्रपुरस्थित मेची अस्पतालले कोभिड–१९ को नमूना परीक्षणसँगै सङ्क्रमितको उपचार शुरु गरेको छ । प्रदेश–१ सरकारको सहयोगमा अस्पतालमा २५ शैयाको आइसोलेसन र पिसीआर प्रयोगशाला स्थापना भइसकेको जनाईएको छ । प्रदेश सरकारले दुईवटा भेन्टिलेटरसमेत उपलब्ध गराएको छ । अस्पताल विकास समितिका अध्यक्ष सोमनाथ पोर्तेलले सोमबारदेखि सङ्क्रमितको उपचार र पिसीआर प्रयोगशालाको नमूना परीक्षण भइरहेको बताउनुभयो । अस्पताल विकास समितिलाई प्रदेश सरकारले दुवै काम थाल्न निर्देशन दिएको थियो ।..

झापामा आज थपिए पाँच जना कोरोना संक्रमित
१९ श्रावण, झापा । झापामा आज ५ जनालाई कोरोना संक्रमण देखिएको छ । आज(सोमबार) झापाको अर्जुनधाराका ४ पुरूष र बिर्तामोडकी एक जना महिलामा संक्रमण देखिएको बताइएको छ । झापाका पाँच जनासहित प्रदेश १ मा सोमबार ५६ जनालाई कारोना संक्रमण देखिएको हो । समुदायमा संक्रमण फैल्न सक्ने भन्दै अर्जुनधारा नगरपालिकाले सात दिन र बिर्तामोड नगरपालिकाले अनिश्चितकालिन रुपमा लकडाउन गरेका छन् । लकडाउन गरेसंगै यस क्षेत्रका बजार पसलहरु बन्द भएको छ ।..

कोरोना संक्रमित संख्या २० हजार ७५० पुग्यो, ५७ जनाको मृत्यु
१९ श्रावण, काठमाण्डौँ । पछिल्लो २४ घण्टामा थप ४१८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ७ हजार ६३७ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या २० हजार ७५० पुगेको छ । उनीहरुमध्ये ५७ जनाको मृत्यु भएको छ । त्यस्तै बितेको २४ घण्टामा विभिन्न अस्पतालबाट ३ सय ५८ जना कोरोनामुक्त भई डिस्चार्ज भएका..

सुनसरीको रामधुनी नगरपालिका क्षेत्रमा २४ गतेसम्मका लागि लकडाउन घोषणा
१८ श्रावण, सुसरी । कोरोना भाइरसको संक्रमण देखिएको भन्दै सुनसरीको रामधुनी नगरपालिका क्षेत्रमा लकडाउन गर्ने निर्णय गरिएको छ । रामधुनी नगरक्षेत्रको समुदाय उच्च जोखिममा भएकाले हिजो राति १२ बजेदेखि श्रावण २४ गतेसम्मका लागि अत्यावस्यकबाहेक नगर तथा वडाका सम्पुर्ण काम तथा हाटबजार र ब्यापार–ब्यवसाय बन्द गर्ने नगर कार्यपालिकाले निर्णय गरेको छ । साप्ताहिक बजारहरुमा भिडभाड बढ्दै गएको कारण बजारहरु बन्द गर्ने निर्णय भएको रामधुनी नगरपालिकाले जनाएको छ ।

इलाम सदरमुकाममा कार्यरत थप १७ जना सशस्त्र प्रहरी कोरोना संक्रमित
१७ श्रावण, इलाम । इलाम सदरमुकाम स्थित सशस्त्र प्रहरी १ नम्बर गणमा कार्यरत थप १७ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण फैलिएसँगै गणलाई सिल गरिएको छ । यसअघि गणमा कार्यरत १० जनामा कोरोना संक्रमण पुष्टि भएको थयो । गणमा हिजो ५ र श्रावणन ११ गते ५ जनामा पिसिआर रिपोर्ट पोजिटिभ देखिएको थियो । पोजिटिभ देखिएका सबै जनालाई मोरङको गोठगाउँस्थित आइसोलेसनमा पठाइएको गणका प्रमुख सुधीरजंग थापाले जानकारी..

नेपालमा कोरोना संक्रमितको संख्या २० हजार नाध्यो
१७ श्रावण, काठमाण्डौँ । नेपालमा कोरोना भाइरसका आज ३ सय १५ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २० हजार ८६ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिनुभएको हो । आजसम्म १४ हजार ४ सय ९२ जना संक्रमणमुक्त भएका छन् । आज ९३ जना संक्रमणमुक्त भएको डा. गौतमले जानकारी दिनुभयो । अहिले देशभरी सक्रिय संक्रमितको संख्या ५ हजार ३..

सांसद प्रदीप यादवसहित बीरगंजमा थप ६४ जनामा कोरोना संक्रमण पुष्टि
१७ श्रावण, पर्सा । पर्सा क्षेत्र नम्बर–१ का सांसद प्रदीप यादवसहित बीरगंजमा थप ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणको क्रममा सांसद प्रदिप यादव सहित ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेडीकल सुपरीटेण्डेन्ट डाक्टर मदन उपाध्यायले बताउनुभयो । अस्पतालका अनुसार संक्रमित हुने व्यक्तिरु १५ देखि ६८ वर्ष उमेर समूहका रहेका छन् । त्यसमा ३ जना महिला छन् । अस्पतालका सुपरीटेन्डेन्ट उपाध्यायका अनुसार..