दमक सहित झापाको ४ वटा स्थानिय तहमा लकडाउन घोषणा

दमक सहित झापाको ४ वटा स्थानिय तहमा लकडाउन घोषणा

३२ श्रावण, झापा । समुदायस्तरमै कोरोना संक्रमण फैलिएपछि आजदेखि झापाको दमक नगरपालिकाले एक साता लामो लकडाउनको घोषणा गरेको छ । दमक पूर्णरुपमा ठप्प भएको छ । मानिसहरुको हिड्डुलमा प्रतिबन्ध लगाएर जोखिम कम गर्न दबाब आईरहेका बेला नगरपालिकाले आजदेखि दमकमा एक साता लामो लकडाउन गरेको हो ।

दुई दिन अघि दमकमा एकैसाथ ६ जनामा संक्रमण देखिएपछि समुदायमा संक्रमण फैलिएको भन्दै संभावित जोखिम हुन नदिन लकडाउन गरिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले बिहानको समयमा २ घण्टा दूध डेरी, आपतकालीन औषधि लगायतको आपूर्ति बाहेक सबै किसिमको सेवा बन्द गर्ने निर्णय गरेको थियो । लकडाउन कार्यान्वयनको अनुगमनमा बिहानैदेखि सुरक्षा निकायको टोलीसहित सम्बन्धित सरकारी अधिकारीहरु निस्किसकेका छन् ।

दमक चौक, हाइवे सेतुमारी मार्ग, फाल्गुनन्द चौक, चियादोकानसहित बजार क्षेत्र बिहानैदेखि सुनसान प्रायः देखिएको छ । पूर्वपश्चिम राजमार्गमा भने आंशिक सवारीसाधनहरु फ्याटफूटट सञ्चालनमा छन् ।

बजार क्षेत्रमा पसलहरु ठप्प छन् भने अत्यावश्यक सेवाका साधनहरु मात्रै चलिरहेका छन् । दमक उद्योग बाणिज्य संघ आफैले स्वास्थ्य सुरक्षाको जोखिमलाई मध्यनजर गर्दै तत्कालका लकडाउन गर्न सुझाव दिदै पसल ब्यवसाय बन्द गर्ने हिजोनै निर्णय गरेको थियो ।

दमकसहित झापाका मेचीनगर, बुद्धशान्ति र कमल गाँउपालिका गरि चार वटा स्थानीय तहले समेत आफना ठाँउमा एक साता लामो लकडाउन गरेका छन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270