३० श्रावण, काठमाण्डौँ । झापाको मेचीनगर नगरपालिका क्षेत्रभित्र समुदायमा कोरोना भाइसको संक्रमण बढेंसँगै नगरपालिकाले समुदायस्तरमा पीसीआर परीक्षणलाई तीव्र पारेको छ ।
मेचीनगर नगरपालिकाक्षेत्रमा नगरपालिकाको तर्फबाट समुदायस्तरमा कोभिड संक्रमणको परीक्षण भईरहेका बखत श्रावण २४ गते भएको परीक्षणमा बुधबार एकैपटक समुदाय स्तरमा एक चिकित्सकसहित चारजनामा कोरोना संक्रमण फेला परेपछि नगरपाालिकाले समुदायस्तरमा पीसीआर परीक्षणलाई तीव्र पारेका हो ।
आज नगरका दुई अलग अलग स्थानमा समुदायस्तरमा पीसीआर परीक्षणका लागि एक सय ७५ जनाको स्वाव संकलन गरिएको छ । झापाको मेचीनगर—१० स्थित आम्दा मेची अस्पतालमा कार्यरत २९ वर्षीय पुरुष चिकित्सकमा कोभिड १९ को संक्रमण फेला परेपछि नगर स्तरीय कोरोना संक्रमण नियन्त्रण कार्यदलले अस्पतालको सवै सेवा बुधबारदेखि बन्द गरेर आज संक्रमित चिकित्सकका परीवारसहित यसअघि अस्पतालमा उपचारक लाागि आएका सेवाग्राही अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी अस्पतालमा उपचारका लागि भर्नाभएका अन्य विरामीसहितको कन्ट्रयाक्ट ट्रेसिङ गरि पिसिआर परीक्षणका लागि ९७ जनाकोे थ्रोड स्वावको नमूना संकलन गरेको हो ।
शाखा संयोजक शशीकला राईको नेतृत्वमा रहेको स्वास्थ्यकर्मीको टोेलीले नमूना संकलन गरेको थियो । जिल्ला स्वास्थ्य कार्यालय झापाको टाोेलीले मेचीनगर —७ कोे प्यारीभिट्टामा ७८ जनाको थ्रोड स्वावको नमूना संकलन गरेको छ । स्थानीय २८ वर्षीय पुरुषमा कोभिड १९ को संक्रमण पुष्टि भएपछि कार्यालयका महामारी रोगका फोकल पर्सन जीवन चौैलागाईँको नेतृत्वमा रहेको जिल्लाकोे स्वास्थ्यकर्मीकोे टोली त्यसक्षेत्रमाा परिचालन गरिएको थियो ।