
६ कार्तिक, काठमाण्डौँ । देशभर सक्रिय संक्रमितको ४५ हजार नजिक पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ४४ हजार ८७७ पुगेको छ । जसमा संस्थागत आइसोलेशनमा १३ हजार ३४९ र होम आइसोलेशनमा ३१ हजार ५३८ जना रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बिहीबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए ।
उहाँले पछिल्लो २४ घण्टामा थप ३ हजार ६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको पनि जानकारी दिए । यससँगै कोरोना संक्रमितको कुल संख्या १ लाख ४८ हजार ५०९ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा थप ३,२१५ जना कोरोना संक्रमण मुक्त भएका छन् भने यससँगै कोरोना निको हुनेको संख्या १ लाख २ हजार ८२० पुगेको छ ।
यस्तै देशमा अहिलेसम्म ८ सय १२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । बितेको २४ घन्टामा २१ जनाको संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७