स्वास्थ्य / जीवनशैली

दमकका नगरप्रमुख ओलीलाई कोरोना पुष्टि
२० असोज, झापा । झापाको दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत गणेश तिम्सिनाका अनुसार सोमबार उहाँलाई सङ्क्रमण पुष्टि भएको हो । उहाँकी पत्नी लीला ओली र छोरा अनिल ओलीलाई समेत कोरोना पुष्टि भएको छ । प्रमुख ओलीलाई उपचारका लागि आम्दा हस्पिटलमा भर्ना गरिएको कार्यकारी अधिकृत तिम्सिनाले जानकारी दिनुभयो । नगरप्रमुखसहित एक वडाध्यक्षलाई सङ्क्रमण पुष्टि भएपछि नगरपालिका आजदेखि ४ दिनका लागि बन्द..

पत्रकारमा कोरोना पुष्टि भएपछि उनको सम्पर्कमा रहेकाहरुको खोजी सुरु
१९ असोज, झापा । झापा बिर्तामोडका एक जना पत्रकारमा कोरोना सङ्क्रमण पुष्टि भएपछि उनको सम्पर्कमा रहेकाहरुको खोजी सुरु गरिएको छ । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनले शुक्रवार स्वाब परीक्षण गराएका थिए । आइतवार रिपोर्ट पोजेटिभ आएपछि उनको सम्पर्कमा रहेकाहरुको खोजी सुरु गरिएको बिर्तामोडको स्वास्थ्य शाखा प्रमुख ओम खड्काले जानकारी दिनुभयो । सङ्क्रमित पत्रकारको सम्पर्क एक्क सय जनाभन्दा बढीसँग भएको प्रारम्भिक जानकारी स्वास्थ्य शाखाले लिएको छ । सम्पर्कमा रहेकामा अधिकांश पत्रकार..

आज थपिए २२ सय ५३ कोरोना संक्रमित
१८ असोज, काठमाण्डौँ । नेपालमा आज कोरोना भाइरसका थप २२ सय ५३ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या ८६ हजार ८ सय २३ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिनुभएको हो । आजसम्म ६४ हजार ६९ जना संक्रमणमुक्त भएका छन् । आज १३२९ जना संक्रमणमुक्त भएको डा.गौतमले जानकारी दिनुभयो । यस्तै उपत्यकामा मात्र आज एक हजार पाँच सय..

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार र प्रेस सल्लाहकारलाई कोरोना पुष्टि
१७ असोज, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीका दुई सल्लाहकारलाई कोरोना संक्रमण पुष्टि भएको छ । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल र प्रेस सल्लाहकार सूर्य थापालाई आज कोरोना संक्रमण पुष्टि भएको हो । पिसिआर परिक्षणका लागि दुबै जनाले हिजो स्वाब दिनुभएको थियो ।

आज थपिए २१२० कोरोना संक्रमित
१७ असोज, काठमाण्डौँ । नेपालमा कोरोना भाइरसका आज २१ सय २० जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या ८४ हजार ५ सय ७० पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिनुभएको छ । आजसम्म ६२ हजार सात सय ४० जना संक्रमणमुक्त भएका छन् । आज २०४४ जना संक्रमणमुक्त भएको डा.गौतमले जानकारी दिनुभयो । यस्तै काठमाडौं उपत्यकामा मात्र ११७७ जना कोरोनाभाइरस संक्रमित..

कोरोना संक्रमणबाट दमकका एक बृद्धको मृत्यु
१७ असोज, झापा । झापामा कोरोना भाईरसको संक्रमणबाट एक जनाको मृत्यु भएको छ । संक्रमणबाट दमक ७ की एक बृद्धा महिलाको आज विहान मृत्यु भएको हो । यो संगै झापामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या नौं पुगेको छ । विराटनगरको कोशी कोभिड–१९ उपचार केन्द्रमा उपचाररत ६८ वर्षीया ती महिलाको आज विहान मृत्युु भएको हो । केहिदिन देखि ज्वरोसंगै श्वासप्रश्वासमा समस्या भएपछि उनी पाँचदिनदेखि कोभिड उपचार केन्द्रमा उपचारत थिइन् ।..

निम्स नेशनलन हस्पिटलद्धारा सेवा विस्तार, स्पाइन शल्यक्रिया अब दमकमै
१६ असोज, झापा । झापाको दमकमा रहेको निम्स नेशनलन हस्पिटल प्रा.लि.ले सेवाग्राहीका लागि थप सेवा विस्तार गरेको छ । अस्पतालले ढाडको नशा च्यापिएका बिरामीका लागि पनि स्पाइन शल्यक्रिया (कउष्लभ कगचनभचथ ) सुरु गरेको हो । बरिष्ठ हाडजोर्नी, घुँडा तथा नशा रोग बिशेषज्ञ डा. नविन कुमार सिंहको नेतृत्वमा दमक–४ का ४१ बर्षीय रेवत बहादुर दर्जीको ढाडको नशा च्यापिएको स्पाइन शल्यक्रिया (कउष्लभ कगचनभचथ) सफलरुपमा समपन्न गरिसकेको समेत अस्पतालले जनाएको छ । बिगत..

दाहसंस्कार गरिएको १ महिलाको कोरोना रिपोर्ट पोजेटिभ
८ असोज, सुनसरी । सुनसरीको दुहवी नगरपालिकामा दाहसंस्कार गरिएको एक महिलाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । दुहवी–३ का ६२ वर्षिया महिलाको मृत्युको तीन दिन पछि रिर्पोट पोजेटिभ अएपछि मलामीहरु तनावमा परेका छन् । करिव ५० जना मलामी गएको र रिर्पोट पोजेटिभको खवरले तनाव भएको एक पुरुषले बताए । विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएकी महिलाको कोरोनाले मृत्यु भएपनि मृतकलाई र उनका आफन्तलाई तीन दिन सम्म..

आज थपिए ११७२ जना कोरोना संक्रमित, ७ जनाको मृत्यु
७ असोज, झापा । आज मात्र नेपालमा ११७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजको नियमित पत्रकार सम्मेलनमार्फत सो कुराको जानकारी दिएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ९ हजार ४ सय ५९ जनाको नमूना परीक्षण गर्दा ११७२ जनामा संक्रमण पुष्टि भएको हो । आजै १८९३ जना संक्रमण मुक्त भई डिस्चार्ज भएका छन् । नेपालको पछिल्लो संक्रमण मुक्त दर ७३.७ प्रतिशत रहेको समेत..

विराट मेडिकल कलेजमा झापाका कोरोना संक्रमित बृद्धको मृत्यु
७ असोज, सुनसरी । कोरोना संक्रमणका कारण विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा एक बृद्धको मृत्यु भएको छ । झापा भद्रपुर १० स्थायी ठेगाना भएकी ८६ वर्षीय बृद्धको आज (बुधबार) बिहान ५ः ५० बजे मृत्यु भएको हो । विराट मेडिकल कलेज शिक्षण अस्पतालका आइसोलेसन इञ्चार्ज सुनिल देवका अनुसार मृतक बृद्धमा उच्च रक्तचाप, मधुमेह र मृगौलाको समस्या थियो । उनी असोज ५ गते विराट मेडिकल कलेजमा भर्ना भएकी थिए । विराटमा..