आज थपिए ४४९९ जना कोरोना संक्रमित

आज थपिए ४४९९ जना कोरोना संक्रमित

७ कार्तिक, काठमाण्डौँ । वितेको २४ घण्टामा नेपालमा चार हजार चार सय ९९ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमित संख्या एक लाख ५३ हजार ८ पुगेको छ ।

काठमाडौँ उपत्यकामा मात्र २७२० जना संक्रमित थपिएका छन् । यसमा १ हजार ९२ जना महिला तथा १ हजार ६२८ जना पुरुष रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा थपिएका संक्रमितबारे आज (शुक्रबार) अपराहन्न जानकारी दिएको हो । पछिल्लो समयमा संक्रमितको संख्या बढिरहेको छ । संक्रमणमुक्त हुनेको संख्या एक लाख ५ हजार नाघेको छ ।

अहिले ४६ हजार ६ सय ९१ जना सक्रिय संक्रमित छन् । अहिलेसम्म ८ सय २९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270