४ कार्तिक, काठमाण्डौँ । आज थप तीन हजार ९३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
देशभरका प्रयोगशालामा १३ हजार ८६१ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको बताईएको छ । थपिएका संक्रमितमध्ये १७ सय दुई जना उपत्यकाका छन् ।
स्वास्थ्य मन्त्रालयको आजको नियमित पे्रस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले सो कुराको जानकारी दिनुभएको हो ।