स्वास्थ्य / जीवनशैली

भौतिक पूर्वाधार मन्त्री वसन्तकुमार नेम्बाङलाई कोरोना संक्रमण
३ कार्तिक, काठमाण्डौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सामाजिक संञ्जाल फेसबुकमार्फत आज मन्त्री नेम्बाङले आफुलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभएको हो । उहाँले फेसबुकमा आफ्नो कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको बताउनुभएको छ । मन्त्री नेम्वाङले आफूसँग सम्पर्कमा रहेका सबै जनालाई आफ्नो स्वास्थ्यको ख्याल राख्न समेत अपिल गर्नुभएको छ । यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई र..

आज थपिए ३७९० जना कोरोना सङ्क्रमित, १८ जनाको मृत्यु
३ कार्तिक, काठमाण्डौँ । आज देशभर तीन हजार ७९० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या एक लाख ३६ हजार ३६ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको नियमित प्रेस व्रिफिङ्मा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले दिनुभएको जानकारी अनुसार उपत्यकामा थप दुई हजार ३८८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो । त्यस्तै आज देशभर दुई हजार ३३५ जना कोरोना भाइरसको सङ्क्रमणबाट निको..

वीपी प्रतिष्ठानको कोभिड अस्पतालमा इटहरीका एक कोरोना सङ्क्रमितको मृत्यु
३ कार्तिक, सुनसरी । धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा एक पुरुषको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका २० का ७८ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मत्यु भएको हो । आज बिहान ३ः०५ मा उनको मृत्यु भएको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सह प्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिनुभयो । प्रवक्ता श्रेष्ठका अनुसार असोज १९ गते अस्पताल भर्ना भएका उनमा एक दिन अघि कोभिड–१९ पुष्टि भएको थियो..

आज थप २९४२ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित संख्या ३९३४१ पुग्यो
२ कार्तिक, काठमाण्डौँ । बितेको २४ घण्टामा देशभर थप २९४२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ३४१ पुगेको आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो । यस्तै हाल देशभर संस्थागत आइसोलेशन १२ हजार ९३३ जना र होम आइसोलेशन २६ हजार ४०८ जना रहेका छन् । मन्त्रालयका प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर १४ हजार..

अनसनरत डा.केसीसँग वार्ता गर्न समिति गठन
२१ असोज, काठमाण्डौँ । सरकारले २४ दिनदेखि अनसनरत डा. गोविन्द केसीसँग वार्ता गर्न वार्ता समिति बनाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपी मैनालीको नेतृत्वमा गठित वार्ता टोलीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव डा. गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक दिलिप शर्मा सदस्य रहेका शिक्षा मन्त्रालयका एक अधिकारीले जानकारी दिनुभयो । चिकित्सा शिक्षा सुधारसँग सम्बन्धित विभिन्न माग राख्दै अनशनरत केसीसँग वार्ता गर्न वार्ता टोली गठन गर्न चिकित्सक..

कोरोना संक्रमणका कारण झापामा दुई महिने शिशुको मृत्यु
२१ असोज, झापा । झापाको मेची प्रादेशिक अस्पतालमा कोरोना संक्रमणका कारण एक जना शिशुको मृत्यु भएको छ । भद्रपुर–८ का दुई महिने शिशुको मृत्यु भएको हो । आफन्तले अस्पतालबाट शिशुको शव बुझेर घर लगेका थिए । तर, त्यसको तीन घण्टापछि कोरोनाको रिपोर्ट पोजेटिभ आएको थियो । शिशुमा निमोनियासँगै श्वासप्रश्वासको समस्या देखिएपछि मंगलबार बिहान अस्पताल भर्ना गरिएको थियो । शिशुमा कोरोनाको लक्षण देखा परेपछि दिउँसो १२ बजे स्वाब संकलन गरिएको अस्पतालले..

झापाका जिसस प्रमुख पोर्तेललाई कोरोना पुष्टि
२१ असोज, झापा । जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेललाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जिसस प्रमुख पोर्तेलले मेची प्रादेशिक अस्पतालमा पिसिआर परिक्षणका लागि स्वाब दिनुभएको थियो । त्यसको रिपोर्ट आज बिहान पोजेटिभ आएको हो । विभिन्न सामाजिक तथा राजनीतिक कार्यक्रममा सहभागी भइरहने भईरहनुहुने जिसस प्रमुख पोर्तेलले स्वास्थ्यको ख्याल गदै पीसीआर परीक्षण गराउनुभएको थियो । उहाँले सामाजिक संञ्जाल फेसबुक मार्फत आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिँदै..

दमकका ३ सहित झापाका १९ जनामा कोरोना संक्रमण पुष्टि
२० असोज, झापा । झापामा आज (मंलगबार) थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्याय झापाका अनुसार बिर्तामोड नगरपालिका वडा नं. १, ४ का ३ पुरुष, दमक नगरपालिका वडा नं १ र १० का ३ पुरुष, भद्रपुर नगरपालिका वडा नं ५ र १० का ७ पुरुष र १ महिला, अर्जुनधारा नगरपालिका वडा नं ५ का १ पुरुष, हल्दिबारी गाउँपालिका २ का २ पुरुष, बुद्धशान्ति गाउँपालिका वडा नं..

आज थपिए १५ सय ५१ जना कोरोना संक्रमित
२० असोज, काठमाण्डौँ । नेपालमा कोरोना भाइरसका आज १५ सय ५१ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या ९० हजार ८ सय १४ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिनुभएको हो । प्रवक्ता गौतमका अनुसार अनुसार संक्रमितमध्ये काठमाडौं उपत्यकाका मात्रै १०१७ जना रहेका छन् । आजसम्म ६७ हजार ५ सय ४२ जना संक्रमणमुक्त भएका छन् । आज २३४० जना..

धरानका कोरोना संक्रमित ६४ वर्षिय पुरूषको मृत्यु
२० असोज, सुनसरी । धरान स्थित बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा धरान उपमहानगरपालिका ३ का ६४ वर्षीय पुरूष रहको प्रतिष्ठानका सह–प्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिनुभयो । डा. श्रेषठका अनुसार कोरोना संक्रमण पुष्टि भएपछि मृतक पुरूष असोज १२ गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएका थिए । उनको आज विहान ४ ः२० बजे उपचारको क्रममा मृत्यु भएको हो ।