५ कार्तिक, सुनसरी । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड–१९ अस्पतालमा उपचाररत एक जना कोरोना सङ्क्रमित महिलाको मृत्यु भएको छ ।
प्रतिष्ठानका प्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार सुनसरीको गढी गाउँपालिका वडा नंं ४ की ५५ वर्षीय महिलाको उपचारको क्रममा हिजो (मंगलबार) राती ९ बजे मृत्यु भएको हो ।
यो सँगै बीपीको कोभिड अस्पतालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ६८ पुगेको छ ।