७ कार्तिक, झापा । प्रदेश–१ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीलाई कोरोना संक्रमण पुष्टि भएको छ । आज (शुक्रबार) बिहान मन्त्री कार्कीलाई कोरोना संक्रमण पुष्टि भएको हो ।
बिहीबार पीसीआर परिक्षण गर्दा आज आफूलाई कोरोना पोजेटिभ देखिएको मन्त्री कार्कीले सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी दिनुभएको छ ।
सामान्य रुघाखोकीलगायत असर देखिएपछि होम आइसोलेसनमा रहनुभएका कार्कीले बिहीबार विराटनगरमा एउटा निजी क्षेत्रले संञ्चालन गरेको ल्याब उदघाटन गर्नुभएको थियो ।
पोजेटिभ देखिएपछि बिराटनगरमा आफ्नै निवासमा आइसोलेसनमा बसेको कार्कीले जानकारी दिनुभयो ।