नेकपा सचेतक शान्ता चौधरी कोरोना संक्रमण मुक्त

नेकपा सचेतक शान्ता चौधरी कोरोना संक्रमण मुक्त

८ कार्तिक, काठमाण्डौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचेतक शान्ता चौधरी कोरोना संक्रमण मुक्त बन्नुभएको छ । कोरोनालाई पराजित गरेर पुनर्जीवन पाएको उहाँले प्रतिकृया समेत दिनुभएको छ ।

विगतमा स्तन क्यान्सरबाट समेत पीडित भएकी चौधरीलाई असोज १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उहाँ बीर अस्पतालमा भर्ना हुनुभएको थियो । स्वास्थ्य जटिल बन्दै गएपछि उहाँलाई २३ असोजमा आईसीयूमा राखिएको थियो ।

हिजो (शुक्रबार) उहाँको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । लगत्तै सामाजिक सन्जालमा लामो स्टाटस राख्दै उहाँले पुनर्जीवन पाएको बताउनुभएको हो ।

‘पुराना रोग हुनेहरुलाई बचाउन गाह्रो पर्छ भन्ने सुनिरहेकाले पनि बाँच्छु जस्तै लागेको थिएन,’ उहाँले लेख्नुभएको छ, ‘‘आज कोरोना निगेटिभ भएको नतिजा आयो । लाग्यो मैले पुनर्जीवन पाएँ ।

१९ दिनको अस्पताल बसाइ र त्यसमा पनि अधिकांश समय आइसियूमा छट्पटिनु पर्दाको पीडा वर्णन गर्न नसक्ने उहाँले उल्लेख गर्नुभएको छ ।

चौधरी अस्पतालबाट भने डिस्चार्ज हुनुभएको छैन । कोरोनामुक्त भए पनि बाफ लिने क्रममा खुट्टा पोलेकाले पनि केही दिन अस्पतालमा बस्नु पर्ने उहाँले बताउनुभएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270