समाज

भाद्र मसान्तसम्म आन्तरिक हवाई उडान र लामो दूरीको यातायात सञ्चालन नहुने
१५ भाद्र, काठमाण्डौँ । आरईतवार बसेको मन्त्रिपरिषद बैठकले भाद्र मसान्तसम्म आन्तरिक हवाई उडान र लामो दूरीका यातायात सञ्चालन नगर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हिजो साँझ बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको एक मन्त्रीले जानकारी दिनुभयो । यसअघि अन्तरजिल्ला यातायात तथा हवाई उडान भाद्र १ गतेबाट खुला गर्ने निर्णय भएको थियो । तर, कोरोना संक्रमण बढेसँगै भाद्र १५ सम्म स्थगित भयो । त्यसको दुई दिनघि बसेको मन्त्रिपरिषद्..

शिवसताक्षीकी शेर्माको घर बनाउन हङ्कङ नेप्लिज मोबाइल फोटोग्राफीद्वारा १ लाख सहयोग
१४ भाद्र, झापा । विभिन्न सामाजिक गतिविधिहरू गर्दै आइरहेको मेची अभियानलाई थप एक लाख रुपैँया सहयोग प्राप्त भएको छ । हङ्कङ नेप्लिज मोबाइल फोटोग्राफीद्वारा शिवसताक्षी नगरपालिकामा बाढी पिडित बनेकी एकल महिला तारा शेर्माको घर निर्माणका लागि सो रकम मेची अभियानलाई प्राप्त भएको हो । आज एक कार्यक्रमकाबीच हङ्कङ नेप्लिजको तर्फबाट हरप्रहरन्यूजका प्रतिनिधि समेत रहेकी संचारकर्मी भूमिका सुब्बा फियाकले अभियानका संयोजक विजय डालमियालाई एक लाख रुपैँयाको चेक हस्तान्तरण गरेकी हुन् ।..

आज थपिए १२२१ कोरोना संक्रमित, १४ जनाको मृत्यु
१४ भाद्र, काठमाण्डौँ । पछिल्लो २४ घण्टामा देशभर ३४८ महिला र ८७३ पुरुष गरी जम्मा १२२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिनुभएको हो । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३८,५६१ पुगेको छ । यस्तै आज कोरोना भाइरसको संक्रमणबाट १४ जनाको मृत्यु पुष्टि भएको छ । यो अहिलेसम्म एकै दिन मृत्यु पुष्टि भएको सर्वाधिक संख्या हो..

बाहुनडाँगी क्षेत्रको सिद्धिनहर पहिरोले बगायो
१४ भाद्र, झापा । झापाको बाहुनडाँगी क्षेत्रको १७ सय हेक्टर जमिन सिंचाई गर्ने सिद्धिनहर पहिरोले बगाएको छ । यसले बाहुनडाँगी क्षेत्रको कृषियोग्य जमिनमा सिंचाई अभाव हुने देखिएको छ । मेचीनगर–१ को दलदले रमिते खण्डमा गएको श्रावण २ र ३ गतेको वर्षाका कारण कमजोर बनेको नहरमा पहिरो गएको हो । पहिरोले करिब २५ मिटर नहर बगाएको छ भने थप एक सय मिटर नहर भत्किएको सिद्धिखोला सिंचाई जल उपभोक्ता समितिका अध्यक्ष नीलकण्ठ..

आज थपिए ८८४ कोरोना संक्रमित, १२ जनाको मृत्यु
१३ भाद्र, काठमाण्डौँ । आज शनिबार थप ८ सय ८४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३७ हजार ३ सय ४० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार इलामका १, झापाका २०, धनकुटाका १९, मोरङका ३१, संखुवासभाका ३, सुनसरीका २४, धनुषाका ४९, पर्साका ७३, बाराका २१, महोत्तरीका २६, रौतहटका ५, सप्तरीका २, सर्लाहीका ८३, सिराहका २२, काठमाडौँका १५५, काभ्रेपलाञ्चोकका १९ र..

उदयपुरका तीन नगरपालिकामा जारी निषेधाज्ञा हटाउने निर्णय
१३ भाद्र, उदयपुर । कोरोना संक्रमणको अवस्था स्थिर रहेपछि उदयपुरका तीन नगरपालिकामा १५ दिनदेखि जारी निषेधाज्ञा हटाउने निर्णय भएको छ । प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेको अध्यक्षतामा बिहीबार बसेको जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्र र सुरक्षा समितिको संयुक्त बैठकले सिमामा कडाई गर्दै आउँदो शनिबार देखि निषेधाज्ञा हटाउने निर्णय गरेको हो । बैठकले कोरोना भाईरसको भयाभह अवस्था रहेका सुनसरी, सिरहा, सप्तरी जिल्लासँग जोडिएका नाकामा वाह्य आगमनलाई ठप्प पार्ने र सरकारले रोक..

कोरोना कहरले छुर्पीको निकासी रोकिदा प्रदेश–१ का ९ सय उद्योगी प्रभावित
१३ भाद्र, इलाम । कोरोनाको संक्रमणका कारण छुर्पीको निकासी ठप्प भएपछि प्रदेश एकमा रहेका सानारठूला गरी नौँ सय उद्योग प्रभावित भएका छन् । प्रदेश–१ बाट युरोप अमेरिकासहित १४ मुलुकमा छुर्पी निकासी हुँदै आएको थियो । नेपालको छुर्पी ‘डग च्यू’को रुपमा ती मुलुकहरुमा निकासी हुँदै आएको थियो । तर, अहिले अधिकांश छुर्पी उद्योग बन्द रहेका छन् भने सञ्चालनमा रहेका उद्योगले पनि उत्पादन भण्डार गर्नु बाध्यता छ । तयारी अवस्थामा रहेको छुर्पीसमेत..

काभ्रेपलाञ्चोकका सिडिओ तिमल्सिना झापा आउँदै
१३ भाद्र, झापा । झापामा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हाल्न काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमल्सिना आउँनुहुने भएको छ । झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरको परराष्ट्र मन्त्रालयमा सरुवा भएपछि झापामा तिमल्सिना आउँनुहुने भएको हो । प्रमुख जिल्ला अधिकारी तिमल्सिना हाल काभ्रेपलाञ्चोक जिल्लामा कार्यरत हुनुहुन्छ । यो भन्दा अधि उहाँ इलाम जिल्लामा प्रमुख जिल्ला अधिकारीको रुपमा हुनुहुँन्थ्यो ।

झापाका प्रजिअ मगरको सरुवा
१२ भाद्र, झापा । झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरको सरुवा भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद् बैठकले प्रजिअ मगरको सरुवा गरेको हो । नेपाल प्रशासन सेवा राज पत्राङ्कित प्रथम श्रेणीका सह–सचिव मगरलाई परराष्ट्र मन्त्रालय अन्र्तगत सरुवा गरिएको छ । प्रजिअ मगरले आफ्नो सरुवा भएको बताउँनुहुँदै काभ्रेका प्रजिअ झापा आउने सम्भावना रहेको बताउनुभयो । मगरले २०७६ असोजदेखि झापामा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हाल्नुभएको थियो..

संकटको बेलामा नेतृत्वको परिक्षा हुन्छः सभामुख सापकोटा
११ भाद्र, काठमाण्डौँ । सभामुख अग्निप्रसाद सापकोटाले संकटको बेलामा नेतृत्वको परिक्षण हुने बताउनुभएको छ । सिन्धुपाल्चोक जुगल गाउँपालिका–२ लिदीका पहिरो विस्थापितलाई भेटेर सभामुख सापकोटाले यस्तो बताउनुभएको हो । लिदीमा पहिरोबाट विस्थापित भएका एक सय ७२ घरधुरी स्थानान्तरण गरिएको छ ।