१४ भाद्र, झापा । झापाको बाहुनडाँगी क्षेत्रको १७ सय हेक्टर जमिन सिंचाई गर्ने सिद्धिनहर पहिरोले बगाएको छ । यसले बाहुनडाँगी क्षेत्रको कृषियोग्य जमिनमा सिंचाई अभाव हुने देखिएको छ ।
मेचीनगर–१ को दलदले रमिते खण्डमा गएको श्रावण २ र ३ गतेको वर्षाका कारण कमजोर बनेको नहरमा पहिरो गएको हो ।
पहिरोले करिब २५ मिटर नहर बगाएको छ भने थप एक सय मिटर नहर भत्किएको सिद्धिखोला सिंचाई जल उपभोक्ता समितिका अध्यक्ष नीलकण्ठ तिवारीले बताउनुभयो ।
पहिरोका कारण नहरमा करिब दुई करोड बराबरको क्षति भएको अनुमान गरिएको छ ।
यसैबीच, प्रदेश सांसद श्रीप्रसाद मैनालीले पहिरोले भत्काएको नहरको अवलोकन गर्नुभएको छ । सिद्धि खोला सिंचाई जल उपभोक्ता समितिको अनुरोधमा सांसदसहितको टोलीले स्थलगत अनुगमन गरेको हो ।