शिवसताक्षीकी शेर्माको घर बनाउन हङ्कङ नेप्लिज मोबाइल फोटोग्राफीद्वारा १ लाख सहयोग

शिवसताक्षीकी शेर्माको घर बनाउन हङ्कङ नेप्लिज मोबाइल फोटोग्राफीद्वारा १ लाख सहयोग


१४ भाद्र, झापा । विभिन्न सामाजिक गतिविधिहरू गर्दै आइरहेको मेची अभियानलाई थप एक लाख रुपैँया सहयोग प्राप्त भएको छ । हङ्कङ नेप्लिज मोबाइल फोटोग्राफीद्वारा शिवसताक्षी नगरपालिकामा बाढी पिडित बनेकी एकल महिला तारा शेर्माको घर निर्माणका लागि सो रकम मेची अभियानलाई प्राप्त भएको हो ।

आज एक कार्यक्रमकाबीच हङ्कङ नेप्लिजको तर्फबाट हरप्रहरन्यूजका प्रतिनिधि समेत रहेकी संचारकर्मी भूमिका सुब्बा फियाकले अभियानका संयोजक विजय डालमियालाई एक लाख रुपैँयाको चेक हस्तान्तरण गरेकी हुन् ।

हङ्कङ नेप्लिज मोबाइल फोटोग्राफी एक फेसबुकको समूह हो । जहाँ देश तथा बिदेशमा रहेका विभिन्न व्यक्तिहरुलाई मोबाईल फोटोग्राफी मार्फत एक ठाउँमा जोड्ने उदेश्यले खोलिएको समूह हो । त्यहि समुहमा हरप्रहरकर्मी भूमिका सुब्बाले शेर्माको घरसँग सम्बन्धित फोटो पोस्ट गरेपछि यो समूह सहयोगको लागि अभियानसँग जोडिएको हो ।

गत असार १२ गते कनकाई नदीको बाढीले घर बगाएपछि अढाई वर्षको एक छोरा, ५ र ७ वर्षका दुई छोरीलाई लिएर शिवसताक्षी–१० की तारा शेर्मा रेडक्रसले दिएको त्रिपालमा खोला किनारमा असुरक्षितरूपमा बस्दै आएकी छिन् ।

नेतृत्वको राप्रपाको चिन्ह ‘गाई’ र राणा–लोहनी नेतृत्वको राप्रपा संयुक्तको चुनाव चिन्ह ‘हलो’ कायम थियो । अहिले राप्रपामा पार्टी एकता हुँदा थाती राखिएको चुनाव चिन्ह विवाद फेरि बल्झिएको हो ।

राप्रपाका दुई समूहवीच एकीकरण भइसकेपनि चुनावचिन्ह टुंगो नलग्दा निर्वाचन आयोगमा एकीकरणपछिको दल दर्ता प्रक्रिया टुंगोमा पुग्न सकेको छैन । जबकी यही भाद्र मसान्तसम्म राप्रपाले निर्वाचन आयोगमा आवश्यक कागजात बुझाइसक्नु पर्नेछ ।

प्रतिक्रिया:

सम्बन्धित खवर