फाल्गुनन्द जयन्तीको अवशरमा राष्ट्रपतिद्वारा शुभकामना शन्देश जारी

२५ कार्तिक, काठमाण्डौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले फाल्गुनन्द जयन्तीको अवशरमा शुभकामना व्यक्त गर्नुभएको छ । १६ औँ राष्ट्रिय विभुती महागुरु फाल्गुनन्द लिङ्देनले सुरु गर्नुभएको समाज सुधारको अभियानमा लाग्ने प्रेरणा जागृत होस् भन्ने शन्देश राष्ट्रपतिद्धारा जारी शुभकामना शन्देमा भनिएको छ । स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण किरात धर्मावलम्बीलाई आज शुभकामना दिँदै राष्ट्रपति भण्डारीले समाजमा रहेका विकृति र विसंगति हटाउँदै प्रगतिशील, सभ्य र समुन्नत समाज निर्माण गर्न फाल्गुनन्द जयन्तीबाट प्रेरणा मिलोस् भन्ने..

कोरोना संङ्क्रमितको परीक्षण र उपचार निःशुल्क गर्ने सरकारको निर्णय

२५ कार्तिक, काठमाण्डौँ । सरकारले लक्षण देखिएका कोरोना संङ्क्रमितको परीक्षण र उपचार सरकारी अस्पताल र प्रयोगशालाबाट निःशुल्क गर्ने निर्णय गरेको छ । बैठकले विभिन्न मुलुकहरूमा विकसित भइरहेका कोरोना विरुद्धको खोप पनि छोटो प्रक्रियाबाट नेपाल भित्र्याउन स्वास्थ्य, परराष्ट्र र अर्थ मन्त्रालयका तीन सचिव सम्मिलित एक संयन्त्र गठन गर्ने निर्णय गरेको परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले जानकारी दिनुभयो । बैठकले कोरोना भाइरसको बढ्दो संक्रमण र यसले राज्यकोमा पारेको असरलाई मध्यनजर गर्दै मन्त्रिपरिषद्को सदस्यहरुले..

दुहवी नगरपालिकाद्धारा बजार अनुगमन

२४ कार्तिक, सुनसरी । चाडपर्व नजिकिएसँगै दुहवी नगरपालिकाले बजार अनुगमनलाई तिव्र पारेको छ । दुहवी नगरपालिका भेटनरी शाखाको अगुवाईमा आज दुहवीमा नगर क्षेत्र भित्रका बिभिन्न पसलहरुका अनुगमन गरेको हो । उक्त टोलीले चाडपर्वको समयमा बजारमा कालोबजारी र महंगी सृजना हुन नदिन दुहवी पालिकाले निरन्तर बजार अनुगमन गरिरहेको र अनुगमनका क्रममा ब्यवसाय दर्ता भए नभएको, पसलबाट बिक्री गरिएको माछामासु जन्य, डेरी जन्य बस्तुको गुणस्तर कायम भए नभएको त्यसको खरिद देखी बिक्री..

आज थपिए २५७१ जना कोरोना संक्रमित, १८ जनाको मृत्यु

२४ कार्तिक, काठमाण्डौँ । बितेको २४ घण्टामा देशभर दुई हजार पाँच सय ७१ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । त्यसमा काठमाडौ उपत्यकाका मात्र एक हजार चार सय २८ रहेका छन् । देशभरका विभिन्न प्रयोगशालामा ११ हजार एक सय ७७ जनामा पिसिआर परिक्षण गर्दा एक हजार ५१ महिला र एक हजार पाँच सय २० पुरुषमा कोरोना भाईरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै कोरोना महामारीबाट..

इलामको सोयाकमा डिप बोरिङ प्रणालीमार्फत पानी वितरण

२४ कार्तिक, इलाम । वर्षाैँदेखि पानीको समस्या रहेको इलामको सोयाकमा डिप बोरिङ प्रणालीमार्फत घरघरमा पानी पुर्याएपछि स्थानीयवासी खुसी भएका हुन् । इलाम नगरपालिकाले सोयाक खानेपानी आयोजना खण्ड १, २ र ३ संञ्चालन गरी १०० भन्दा बढी घरपरिवारलाई पानी उपलब्ध गराएको हो । कति परिवार पानी नभएकै कारण सो स्थान छोडिसकेको भए पनि पानी पाएपछि सोही ठाउँमा फर्किन थालेका छन् । स्थानीय नरेन्द्रप्रसाद आचार्य पानी अभावकै कारण आफू जन्मेको थातथलो छोडेर..

झापाको अर्जुनधारा जलेश्वर धाममा आर्थिक सङ्कट

२४ कार्तिक, झापा । पूर्वको पशुपतिनाथको नामले परिचित झापाको अर्जुनधारा जलेश्वर धाममा आर्थिक सङ्कट उत्पन्न भएको छ । भेटी सङ्कलनबाट सञ्चालित धाममा कोरोना महामारीका कारण भक्तजनहरु आउन छाडेपछि कर्मचारीलाई तलब दिन र बटुकहरुलाई खाना खुवाउन आर्थिक सङ्कट उत्पन्न भएको हो । नौ कर्मचारी र ४५ बटुकको नियमित खर्च धान्न समस्या हुन थालेको धाम विकास समितिका कोषाध्यक्ष मनोज जोशीले बताउनुभयो । टाढा टाढाबाट आउने भक्तजन र मन्दिरमा गरिने पूजा पाठ, व्रतबन्ध,..

कोरोना संक्रमित पूर्वसभामुख महरा पत्नीको निधन

१९ कार्तिक, काठमाण्डौँ । पूर्वसभामुख तथा प्रतिनिधिसभा सदस्य कृष्णबहादुर महराकी श्रीमती सीता महराको निधन भएको छ । कोभिड १९ को संक्रमण पुष्टि भएर नर्भिक अस्पतालमा उपचारका क्रममा उहाँको निधन भएको हो । दशैँमा गृह जिल्ला रोल्पा गएको बेला स्वास्थ्यमा सामान्य समस्या देखिएपछि उहाँलाई कार्तिक १३ गते दाङस्थित गोर्खा अस्पतालमा भर्ना गरिएको थियो । निमोनिया र श्वासप्रश्वासको समस्या देखिएपछि कार्तिक १४ गते शुक्रबार हेलिकोप्टरबाट काठमाडौँ ल्याइ नर्भिक हस्पिटलमा भर्ना गरिएको थियो..

चिसो शुरू भएसंगै झापाका बजार तथा चौकमा भाक्का व्यवसाय शुरू

१८ कार्तिक, झापा । चिसो शुरू भएसंगै झापाका स्थानिय बजार तथा चौकहरूमा भाक्का व्यवसाय शुरू भएको छ । मानिसहरुले विहानी खाजाको रूपमा मन पराउने भाक्का झापाको मुख्य बजाहरु दमक, विर्तामोड देखी लिएर ग्रामिण बजार तथा चौकहरूमा यसको व्यवसाय शुरू भएको हो । भाक्का बिशेष गरि तराई क्षेत्रमा जाडो महिना सुरु भएपछि बनाइन्छ । भाक्कालाई तराई क्षेत्रमा बसोबास गर्ने आदिवासी समुदायहरुको पहिचानको रुपमा पनि लिइन्छ । तराई क्षेत्रमा बसोबास गर्ने आदिवासी..

अब देशमा नयाँ शहरहरुको स्थापना गरिने छः शहरी विकासमन्त्री श्रेष्ठ

१८ कार्तिक, काठमाण्डौँ । शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले अव देशमा नयाँ शहरहरुको स्थापना हुने बताउनुभएको छ । राजधानीलाई मात्र विकसित ठान्ने सोच अन्त्य गर्न अब देशमा नयाँ नयाँ शहरको पनि विकास गरिने उहाँले बताउनुभएको हो । नेपाल मिडिया सोसाइटीका पदाधिकारीसँग कुराकानी गर्नुहुँदै मन्त्री श्रेष्ठले सङ्घीयताको मर्मअनुसार नयाँ शहर र सबै क्षेत्रको पूर्वाधार विकासमा सरकारले प्राथमिता दिएको बताउनुभयो । मन्त्री श्रेष्ठले शहरी क्षेत्रका सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक महत्वलाई जोगाउँदै शहरीकरणलाई अगाडि..

कोरोना सङ्क्रमितका लागि प्लाज्मा दान गर्न आह्वान

८ कार्तिक, झापा । नेपाल रेडक्रस सोसाइटी झापा शाखाले प्लाज्मा दान गर्न आह्वान गरेको छ । विभिन्न अस्पतालमा उपचार गरिरहेका कोरोना सङ्क्रमितहरुको अवस्था गम्भीर रहेको जनाउँदै रेडक्रस झापाले प्लाज्मा दान गर्न आह्वान गरेको हो । शाखाका सभापति लोकराज ढकालले विराटनगरको कोशी, विराट, नोबेल अस्पताल र धरानस्थित विपी मेमोरियल अस्पतालमा उपचाररत १३ सङ्क्रमितको अवस्था गम्भीर बनेको कारण प्लाज्मा दानका लागि आह्वान गर्नुभएको हो । उहाँले कोभिडका सङ्क्रमितहरु निको भएर आएकाले प्लाज्मा..