समाज

नवरात्रको आठौँ दिन आज, महागौरीको पूजा आराधना गरिँदै
८ कार्तिक, काठमाण्डौँ । नवरात्रको आठौँ दिन आज । दशैँघर वा पूजा कोठामा नौँ दुर्गामध्येकी आठौँ महागौरी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । दुर्गापूजाको आठौँ स्वरूप महागौरीको पूजाको पनि आफ्नो छुट्टै विधिविधान रहेको पाइन्छ । यिनको शक्ति अमोघ रहेको छ भने यिनको उपासनाद्वारा भक्तको पूर्वसञ्चित पापको समेत नष्ट गराउने शक्ति रहेको पाइन्छ । यी देवीको उपासनाले भविष्यमा समेत पाप–सन्ताप समेत नष्ट हुने शास्त्रीय मान्यता रहेको छ । प्रत्येक वर्ष..

राष्ट्रपतिद्धारा सर्वसाधारणलाई टीका ग्रहणको कार्यक्रम स्थगन
७ कार्तिक, काठमाण्डौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले यस वर्ष दशैँको सर्वसाधारणका लागि टीका प्रदानको कार्यक्रम स्थगन गर्नुभएको छ । राष्ट्रपति भण्डारीले यस वर्ष दशैँको महाअष्टमी र कोजाग्रत पूर्णिमाका अवसरमा विभिन्न शक्तिपीठमा दर्शन तथा विजयादशमीको दिन इच्छुक महानुभावलाई टीका प्रदानको कार्यक्रम स्थगन गरेको शितलनिवासले जनाएको छ । विगतका दशैँमा उक्त परम्परा रहेकामा यस पटक विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण उक्त सबै कार्यक्रम नहुने राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले..

महामारीबाट नागरिकलाई सरकारले बचाउँछः प्रधानमन्त्री ओली (पूर्णपाठ सहित)
७ कार्तिक, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले महामारी र महाविपत्तिमा नागरिकलाई राज्यको साथ रहने बताउनुभएको छ । आज देशबासीका नाममा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले यस बर्षको चाडबाड कोरोना महामारीको बीचमा मनाउनुपरेको भन्दै यस्तो अवस्थामा सावधानीका साथ चाडपर्व मनाउन सबैलाई आग्रह समेत गर्नुभएको छ । उहाँले कोरोना महामारीबाट नागरिकलाई बचाउन तथा स्वास्थ्य उपचार गर्न सरकार आफ्नो कर्तव्यबाट विमुख हुन नसक्ने भन्दै हरेक नागरिकको परीक्षण र उपचारमा यथोचित व्यवस्था मिलाएको बताउनुभयो..

आज नवरात्रको सातौँ दिन, कालरात्रि देवीको पूजा आराधना गरिँदै
७ कार्तिक, काठमाण्डौँ । आज नवरात्रको सातौँ दिन, दशैँघर वा पूजा कोठामा नौँ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल सप्तमी अर्थात् दुर्गा पक्षको सातौँ दिन कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक परम्परा छ । नवरात्रको पहिलो दिन कार्तिक १ गते आज दशैँघर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौँको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी..

आज दशैंको सातौँ दिन, घर घरमा फूलपाती भित्र्याइदैँ
७ कार्तिक, काठमाण्डौँ । आज दशैंको सातौँ दिन घर घरमा फूलपाती भित्र्याइदै छ । दशैंमा शुभसाईतको प्रतीकको रुपमा फूलपाती भित्र्याउने गरिन्छन् । फूलपातीमा पूजा कोठामा केराको बोट, उखु, बेलपत्र, धानको बाला लगायतका सामाग्री भित्र्याउने गरिन्छ । नेपाली सेनाले सैनिक मंञ्च टुँडिखेलमा विशेष समारोह गरेर फूलपाती बढाइँ गर्ने गरे पनि यो पटक कोरोनाका कारण औपचारिकतामा मात्र सिमित हुने जनाइएको छ । फूलपाती बढाईमा राष्ट्रपति सहभागि हुने चलन रहेको छ । यस्तै हनुमानढोका..

आज थपिए ३६३७ जना कोरोना संक्रमित, २१ जनाको मृत्यु
६ कार्तिक, काठमाण्डौँ । देशभर सक्रिय संक्रमितको ४५ हजार नजिक पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ४४ हजार ८७७ पुगेको छ । जसमा संस्थागत आइसोलेशनमा १३ हजार ३४९ र होम आइसोलेशनमा ३१ हजार ५३८ जना रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बिहीबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए । उहाँले पछिल्लो २४ घण्टामा थप ३ हजार ६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको पनि जानकारी दिए..

दश करोड थान नयाँ नोटहरु आज देखी बजारमा
६ कार्तिक, काठमाण्डौँ । नेपाल राष्ट्र बैङ्कले दुई अर्ब रुपैयाँ बराबरको नयाँ नोट बजारमा पठाएको छ । राष्ट्र बैङ्कले २० रुपैयाँ दरको सङ्केत नम्बर ञ/४२ ०००००१ देखि ठ/१०० ९९९९९९ सम्मका नोट आज (बिहीबार)देखि बजारमा पठाएको राष्ट्र बैङ्कका कार्यकारी निर्देशक रेवती नेपालले जानकारी दिनुभयो । उहाँका अनुसार दुई अर्ब रुपैयाँका १० करोड थान नयाँ नोट बजारमा पठाईएको छ । ति नोटहरु आजैदेखि चलनचल्तीका लागि खुला गरिएको बताईएको छ । उक्त नोटमा..

दशगजा क्षेत्रमा नेपाली युवाको शव फेला
६ कार्तिक, विराटनगर । नेपाल भारतको सीमा नाका दशगजा क्षेत्रमा एकजना नेपाली युवाको शव भेटिएको छ । मोरङको विराटनगर–१६ को दक्षिण गेटदेखि करिब एक सय मिटर दक्षिण भारतको जोगवनीको रेल्वे स्टेशन छेउमा २५ वर्षीय युवाको आज बिहान शव भेटिएको हो । उनी लागूऔषध सेवनकर्ता रहेको खुलासा भएको छ । मृतक युवा हिजो (बुधबार) जोगवनीमा लागूऔषध सेवन गर्न गएको बुझिएको छ । उनको नाम नखुले पनि इटहरी घर भएको प्रहरीले जनाएको..

काँकडभिट्टा नाकाबाट चार महिलाको उद्धार
६ कार्तिक, झापा । विदेश जाने बहानामा अवैध रुपमा काँकडभिट्टा नाका पार गर्न खोज्ने चार महिलाको माइती नेपालले उद्धार गरेको छ । मानव बेचबिखनका जोखिमका रहेका कारण उद्धार गरिएका चार महिला खोटाङ, गुल्मी, सुनसरी र मोरङका हुन् । शंकास्पद अवस्थामा नाकामा डुलिरहेको देखेपछि माइती नेपालका सीमा निगरानीकर्ताले उनीहरुलाई इलाका प्रहरी कार्यालयको सहयोगमा पछ्याएको माइती नेपालका पूर्वाञ्चल संयोजक गोविन्द घिमिरेले बताउनुभयो । बुधवार उद्धार गरिएका उनीहरुले आफूहरु वैदेशिक रोजगारीका लागि जान..

नवरात्रको छैटौँ दिन आज, कात्यायनी माताको पूजा आराधना गरिँदै
६ कार्तिक, काठमाण्डौँ । नवरात्रको छैटौँ दिन आज । दशैँघर वा पूजा कोठामा नाँै दुर्गामध्येकी छैटौँ कात्यायनीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठी अर्थात दुर्गा पक्षको छैटौँ दिन कात्यायनीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक परम्परा छ । नवरात्रको पहिलो दिन कार्तिक १ गते शनिबार दशैँघर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौँको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो..