२४ कार्तिक, सुनसरी । चाडपर्व नजिकिएसँगै दुहवी नगरपालिकाले बजार अनुगमनलाई तिव्र पारेको छ । दुहवी नगरपालिका भेटनरी शाखाको अगुवाईमा आज दुहवीमा नगर क्षेत्र भित्रका बिभिन्न पसलहरुका अनुगमन गरेको हो ।
उक्त टोलीले चाडपर्वको समयमा बजारमा कालोबजारी र महंगी सृजना हुन नदिन दुहवी पालिकाले निरन्तर बजार अनुगमन गरिरहेको र अनुगमनका क्रममा ब्यवसाय दर्ता भए नभएको, पसलबाट बिक्री गरिएको माछामासु जन्य, डेरी जन्य बस्तुको गुणस्तर कायम भए नभएको त्यसको खरिद देखी बिक्री मुल्य समेत हेरेको छ ।
त्यसमा कैफियत देखिएका १६ वटा पसललाई अन्तिम चेतावनी दिएको र अव उपरान्त सरसफाई तथा ब्यवसाय दर्ता नभएकालाई दर्ता गर्नुपर्ने लगायतका निर्देशन दिईएको भेटनरी शाखाका प्रमुख प्रमोद झाले बताउनुभयो ।
सो अनुगमनमा जिल्ला प्रसासन कार्यलय सुनसरीका अधिकृत मनु पोखरेल, दुहवी नगरपालिका प्रसासन अधिकृत डिक बहादुर कट्वाल, संचारकर्मी लगायत सहभागी थिए ।