फाल्गुनन्द जयन्तीको अवशरमा राष्ट्रपतिद्वारा शुभकामना शन्देश जारी

फाल्गुनन्द जयन्तीको अवशरमा राष्ट्रपतिद्वारा शुभकामना शन्देश जारी


२५ कार्तिक, काठमाण्डौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले फाल्गुनन्द जयन्तीको अवशरमा शुभकामना व्यक्त गर्नुभएको छ । १६ औँ राष्ट्रिय विभुती महागुरु फाल्गुनन्द लिङ्देनले सुरु गर्नुभएको समाज सुधारको अभियानमा लाग्ने प्रेरणा जागृत होस् भन्ने शन्देश राष्ट्रपतिद्धारा जारी शुभकामना शन्देमा भनिएको छ ।

स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण किरात धर्मावलम्बीलाई आज शुभकामना दिँदै राष्ट्रपति भण्डारीले समाजमा रहेका विकृति र विसंगति हटाउँदै प्रगतिशील, सभ्य र समुन्नत समाज निर्माण गर्न फाल्गुनन्द जयन्तीबाट प्रेरणा मिलोस् भन्ने कामना गर्नुभएको हो ।

राष्ट्रपति भण्डारीले किरात धर्म र संस्कृतिको मौलिक पहिचान तथा संरक्षणमा जोड दिने महागुरु फाल्गुनन्दको प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालना गर्न सकेमा राष्ट्रिय एकतालाई सुदृढ एवम् सबल बनाउन सकिने विश्वास व्यक्त गर्नुभएको छ ।

वि. सं. १९४२ साल कार्तिक २५ गते इलाममा जन्मिएका फाल्गुनन्दको निधन वि. सं. २००५ सालमा भएको थियो । उहाँले जीवनको अन्तिम समयसम्म किरात भाषा, लिपि, संस्कार, संस्कृति र समाज सुधारका निम्ती काम गर्नुभएको थियो ।

फाल्गुनन्दले समाजसुधारका लागि खेलेको भूमिकाको कदर गर्दै सरकारले २०६६ साल मंसिर १६ गते राष्ट्रिय विभूति घोषणा गरेको थियो ।

प्रतिक्रिया:

सम्बन्धित खवर