कोरोना संक्रमित पूर्वसभामुख महरा पत्नीको निधन

कोरोना संक्रमित पूर्वसभामुख महरा पत्नीको निधन


१९ कार्तिक, काठमाण्डौँ । पूर्वसभामुख तथा प्रतिनिधिसभा सदस्य कृष्णबहादुर महराकी श्रीमती सीता महराको निधन भएको छ । कोभिड १९ को संक्रमण पुष्टि भएर नर्भिक अस्पतालमा उपचारका क्रममा उहाँको निधन भएको हो ।

दशैँमा गृह जिल्ला रोल्पा गएको बेला स्वास्थ्यमा सामान्य समस्या देखिएपछि उहाँलाई कार्तिक १३ गते दाङस्थित गोर्खा अस्पतालमा भर्ना गरिएको थियो । निमोनिया र श्वासप्रश्वासको समस्या देखिएपछि कार्तिक १४ गते शुक्रबार हेलिकोप्टरबाट काठमाडौँ ल्याइ नर्भिक हस्पिटलमा भर्ना गरिएको थियो ।

न िर्भ क हस् िपटलमा पीसीआर टेष्ट गर्दा कोरोना पोजेटिभ देखिएको थियो । गत १५ गतेदेखि भेन् िटलेटरमा राखेर उपचार गर्ने क्रममै आज बिहान ६ः २५ बजे निधन भएको अस्पतालले जनाएको छ ।

विगत १० वर्षदेखि उहाँ माइस्थेनिया नामक रोगबाट पीडित हुनुहुन्थ्यो ।

सीता महराको जन्म २०१८ श्रावण १३ गते रोल्पाको गजुल धौलेगाउँमा भएको थियो । कृष्णबहादुर महरासँग उअनन्को विवाह २०३५ सालमा विवाह भएको थियो। उनका दुई छोरा र दुई छोरी रहेका छन्। ।

प्रतिक्रिया:

सम्बन्धित खवर