यमपंञ्चक अर्थात तिहार आजदेखि शुरु, कुकुर तिहार भोली

२७ कार्तिक, काठमाण्डौँ । कार्तिक कृष्ण त्रयोदशीदेखि शुरु हुने यमपंञ्चक अर्थात तिहार आजदेखि शुरु हुँदैछ । आज बेलुकी यमदीपदान शुरु गर्नुपर्ने छ । यस वर्ष यमदीपदान आजदेखि शुरु हुने भए पनि काग तिहार कार्तिक २८ गते भोली परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले जानकारी दिनुभयो । यस अवसरमा यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ । यसैगरी धन्वन्तरिजयन्ती र धनतेरस पर्व पनि भोली नै परेको..

दमक सहित झापामा आज थपिए ८५ कोरोना संक्रमित

२६ कार्तिक, झापा । वितेको २४ घण्टामा झापाको दमकमा जिल्लाकै सवैभन्दा धेरै संक्रमित थपिएका छन् । थपिएका ८५ संक्रमित मध्ये दमकका मात्र ३७ जना रहेका छन् । संक्रमितहरु १८ जना महिला र १९ जना पुरुष रहेका छन् । जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जिवन चौलागाईका अनुसार जिल्लाको बिर्तामोडमा १३ संक्रमित, गौरादहमा १ जना, मेचीनगरमा ४ जना, भद्रपुरमा १०, कन्काइमा ४ जना थपिएका छन् । यसैगरि हल्दीबारीमा ४ जना, अर्जुनधारामा..

प्रधानमन्त्रीद्वारा किमाथाङ्का सडक र अरुण तेस्रो जलविद्युत आयोजनाको अनुगमन

२६ कार्तिक, संखुवासभा । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संखुवासभाको मकालु गाउँपालिका–५, फ्याक्सिण्डामा निर्माणाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनाको अनुगमन गर्नुभएको छ । प्रधानमन्त्री ओलीलाई आयोजनाका प्रमुखले हालसम्म आयोजनाको ४० प्रतिशत काम सम्पन्न भएको ब्रिफिङ गर्नुभयो । उक्त आयोजनाको २०७५ वैशाख २८ गते प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरुपमा उद्घाटन गर्नुभएको थियो । प्रधानमन्त्री ओलीले यसअघि चीनसँग जोडिएको किमाथाङ्कामा सडक पूर्वाधार विकासको प्रगतिबारे पनि अनुगमन गर्नुभएको..

दमकको मुख्य क्षेत्रमा सरसफाई तथा सेनिटाईज अभियान

२६ कार्तिक, झापा । झापा दमकको गणतन्त्र चौक परिसरमा सरसफाई गरिएको छ । हेप्पी नेपाल र सानो प्रयास युवा समाज दमकको अगुवाईमा फुलको बगैचा भित्रको खाली स्थानमा जतासुकै रहेको दिसा तथा अन्य फोहोरको सरसफाई गरिएको हो । दमकको मुख्य क्षेत्र मानिने गणतन्त्र चौकको फूलको बगैचामा नगरपालिकाको सरसफाई शाखाले वेवास्ता गरेकाले जतासुकै दिसा गरी दुर्गन्ध फैलिएकाले सरसफाई गरिएको हेप्पी नेपाल दमकका महासचिव सुरेन्द्र कुमार श्रेष्ठले बताउनुभयो । हेप्पी नेपाल र सानो..

चुलाचुलीमा महागुरु फाल्गुनन्दको शालिक अनावरण

२६ कार्तिक, इलाम । इलामको चुलाचुली गाउँपालिकामा विभिन्न कार्यक्रमगरी फाल्गुनन्द जयन्ती मनाईएको छ । चुलाचुलीमा रहेका किरात धार्मिक संस्थाहरुले मंगलबार १६ औँ राष्ट्रिय विभुती, समाज सुधारक महागुरु फाल्गुनन्दको १ सय ३६ औं जन्मजयन्ती मनाएको हो । फाल्गुनन्द जयन्तीको अवसरमा चुलाचुली–३ सेमिच्योङ मन्दिरमा महागुरु फाल्गुनन्दको साढे ६ फुट अग्लो शालिककोे उद्घाटन गरिएको छ । हेभेन्ली पाथ ईकाइ पेल्टिमारीको अगुवाईमा विभिन्न दाताहरूबाट संकलन गरिएको रु ११ लाख बजेटबाट निर्माण गरिएको महागुरुको पुर्ण..

आगामी दुई वर्षभित्रमा मदन भण्डारी राजमार्ग कालोपत्रे भईसक्छः पर्यटनमन्त्री भट्टराई

२६ कार्तिक, ताप्लेजुङ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगश भट्टराईले मदन भण्डारी राजमार्ग आगामी दुई वर्षभित्रमा कालोपत्रे भईसक्ने दावि गर्नुभएको छ । गृह जिल्ला ताप्लेजुङको आठवटै स्थानीय तहहरुमा पुगेर स्थानिहरुसंग प्रत्यक्ष भेटघाट गर्दे मैवाखोला गाउँपालिकामा मंगलबार आयोजित अन्तरक्रिया कार्यक्रममा मन्त्री भट्टराईले सो कुरो बताउनुभएको हो । उहाँले यसै वर्षदेखि दुई तर्फबाट राजमार्गको कालोपत्रे गर्ने काम शुरुआत गरिने बताउनुभयो । मित्रराष्ट्र चीनसँग ९ वटा नाका खुल्ने अघिल्लो वर्षमै सम्झौता..

सुनसरीमा गाँजा नष्ट अभियान सुरु

२५ कार्तिक, सुनसरी । सुनसरीमा एक सता यता प्रहरीले गाँजा नष्ट अभियान जारी राखेको छ । गाँजा उत्पादनलार्ई नियन्त्रणका लागि प्रहरीले प्रत्येका वर्ष आफनो अभियानलाई निरन्तरता दिने गरेको छ । तर अभियानको क्रममा ब्यक्तिले लगाएको लाखौं बोट गाँजा नष्ट गरेपनि कसैलाई कानुनी कार्वाही नगर्दा सुनसरीमा गाँजा खेती अझैपनि फस्टाएको देखिन्छ । नेपाल सरकारले लागुऔषध भन्दै गाँजा खेतीलाई पूर्णतः कानुन बिपरीत भनेको छ । तर कानुन बिवरीत काम गर्नेलाई कार्वाही नगर्दा..

झापाका पत्रकार राई सम्मानित हुँदै

२५ कार्तिक, झापा । नेपाल पत्रकार महासंघ झापाका सदस्य पत्रकार अनिल देव राई पुरस्कृत हुनुहुने भएको छ । सतासी प्रेस क्लब शिबसताक्षीद्धारा स्थापना भएको मनहाङ स्मृती पुरस्कार यस बर्ष पत्रकार राईले पाउनुहुँने भएको हो । लामो समय देखि पत्रकारीतामा क्रियाशील राई नेपाल पत्रकार महासंघ झापाको कार्यसमिति सदस्य, प्रेस संगठन झापा जिल्ला सदस्य तथा हाम्रो सरोकार डट कमका संञ्चालक÷सम्पादक हुनुहुन्छ । उहाँ शिवसताक्षी नगरपालिकाका पुर्व प्रेस संयोजक समेत हनुहुन्छ । गत..

विराटनगरमा मंगलबार एकै दिन ५ जना कोरोना संक्रमितको मृत्यु

२५ कार्तिक, विराटनगर । नोबेल मेडिकल कलेज विराटनगरमा मंगलबार एकै दिन ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । नोबेल अस्पतालमा उपचारको क्रममा उनीहरुको मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिनुभयो । आज (मंगलबार) विहान ८ः३० बजे झापाको गौरादह–५ का ६५ वर्षीय पुरुषको मृत्यु भएको छ । उनलाई कोरोना पोजिटिभ देखिएपछि कार्तिक १३ गते अस्पताल भर्ना गरिएको थियो । मृतकमा श्वासप्रश्वासको समस्या थियो । त्यस्तै तेह्रथुमको म्याङ्लुङ–१० का ५७..

फाल्गुनन्द जन्मजयन्तीको अवसरमा प्रदेश–१ मा सार्वजनिक विदा

२५ कार्तिक, काठमाण्डौँ । राष्ट्रिय विभूति, किरात धर्मका महागुरु एवं समाजसुधारक फाल्गुनन्द लिङदेनको जन्मजयन्तीको अवसरमा आज प्रदेश–१ मा सार्वजनिक विदा दिईएको छ । महागुरु फाल्गुनन्दलाई सामाजिक चेतना फैलाउने र समाजका लागि व्यावहारिक आर्थिक नीति नियम बनाउने एक कुशल अर्थविदका रूपमा पनि लिने गरिन्छ । समाज सुधारक फाल्गुनन्दको जन्म बिक्रम संवत १९४२ साल कार्तिक २५ गते इलामको माङसेबुङ गाउँपालिका–२ (साविक इभाङ–५ चुक्चिनाम्बा)मा भएको थियो । बाबु जगुनबाज लिङदेन र आमा हंसमति..