अब देशमा नयाँ शहरहरुको स्थापना गरिने छः शहरी विकासमन्त्री श्रेष्ठ

अब देशमा नयाँ शहरहरुको स्थापना गरिने छः शहरी विकासमन्त्री श्रेष्ठ


१८ कार्तिक, काठमाण्डौँ । शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले अव देशमा नयाँ शहरहरुको स्थापना हुने बताउनुभएको छ । राजधानीलाई मात्र विकसित ठान्ने सोच अन्त्य गर्न अब देशमा नयाँ नयाँ शहरको पनि विकास गरिने उहाँले बताउनुभएको हो ।

नेपाल मिडिया सोसाइटीका पदाधिकारीसँग कुराकानी गर्नुहुँदै मन्त्री श्रेष्ठले सङ्घीयताको मर्मअनुसार नयाँ शहर र सबै क्षेत्रको पूर्वाधार विकासमा सरकारले प्राथमिता दिएको बताउनुभयो । मन्त्री श्रेष्ठले शहरी क्षेत्रका सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक महत्वलाई जोगाउँदै शहरीकरणलाई अगाडि बढाइने पनि उल्लेख गर्नुभयो । उहाँले आफ्ना कामका बारेमा सही मूल्याङ्कन गरिदिन संञ्चार क्षेत्रलाई आग्रह पनि गर्नुभयो ।

सो क्रममा नेपाल मिडिया सोसाइटीका अध्यक्ष शुभशङ्कर कँडेलले सकरात्मक कामको मिडियाले सधै समर्थन गर्ने बताउँदै आलोचनात्मक समाचारका विषयमा सरकारले तत्काल टिप्पणी गर्न नहुने उल्लेख गर्नुभयो ।

सोसाइटीका पूर्वाध्यक्ष कैलाश सिरोहियाले अब नेपाललाई नयाँ नेपालका रूपमा विकास गर्नुपर्ने बताउनुभयो । उहाँले कुनै कुनै मिडियाले गलत समाचार प्रसारण गर्दैमा सबै मिडियालाई दोष दिन नहुनेमा जोड दिनुभयो ।

-रासस

प्रतिक्रिया:

सम्बन्धित खवर