कमल गाउँपालिका ७ नम्वर वडाको भवन निर्माणकार्य अन्तिम चरणमा

१६ माघ/झापा । कमल गाउँपालिका वडा नम्बर ७ को भवन निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । बाह्रघरेमा निर्माण भईरहेको भवनको अहिलेसम्म करिब ९० प्रतिशत काम सकिएको बताईएको छ । अब ग्रिल, झ्याल, ढोका रंग–रोगनको काम मात्र बाँकी रहेको वडाध्यक्ष पृथ्वीपति राईले बताउनुभयो । २०७५ जेष्ठ महिनाबाट निर्माण सुरु भएको सो भवन निर्माणका निम्ति जिल्ला समन्वयन समिति झापाले रु ४५ लाख विनियोगना गरेको थियो । त्यसमा ट्वाईलेट बाथरुम र घेराबारमा..

कृषि प्रणालीमा यन्त्रिकरण गर्न शिवसताक्षी नगरले बाड्यो किसानलाई कृषि औजार

१६ माघ/शिवसताक्षी । कृषि प्रणालीमा प्रविधि र यन्त्रिकरण, खाद्यन्य तथा तरकारी आयतमा न्यनिकरण भन्ने मुल नारा सहित झापाको शिबसताक्षी नगरपालीकाले नगरका बिभिन्न कृषि शहकारी संस्था तथा कृषि समुहमा आबद्ध किसानहरुलाई कृषि औजार तथा उपकरण बितरण गरिएको छ । नगरले उपकरण दिएर मात्र भएन किसानले उत्पादन गरेको कृषि उपजलाई समेत बजारीकरणको ब्यबस्था पनि गर्नु पर्ने कृषकहरुको भनाई छ । शिबसताक्षी नगरपालिकाले कृषिमा यान्त्रिकीकरण गर्ने उद्देश्यले कृषकलाई कृषि औजार वितरण गरेको हो..

दोमुखाको विकाशमा सहयोग गर्नेः राज्यमन्त्री विश्वास

शिबसताक्षी । प्रदेश १ का उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री बिजय विश्वासले झापाको पर्यटकीय क्षेत्र दोमुखाको बिकाशमा आवश्यक सहयोग गर्ने बताउनुभएको छ । शुक्रबार झापाको शिबसताक्षी १० स्थित पर्यटकीय क्षेत्र दोमुखाको स्थलगत अवलोकन पछि राज्यमन्त्री बिश्वासले यस्तो बताउनुभएको हो । सो अवसरमा मन्त्री विश्वासले दोमुखा पार्क, कन्काई सिंचाई करिडोर, झोलुङगे पुल, चिल्ड्रेन पार्ककोसमेत अवलोकन गर्नुभयो । राज्यमन्त्री बिश्वासले झापाको पर्यटकीय क्षेत्र दोमुखाको समग्र विकाशमा सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि..

राज्यमन्त्रि रानाको कटाक्षः ‘मन्त्रि बन्न हिडेको राज्यमन्त्रि भए’

१३ माघ/इलाम । राजनितिक निर्णयहरु कहिलेकाहीँ अकास्मत बदलिने गरेको भन्दै प्रदेश न. १ का भूमि ब्यवस्था, कृषि तथा सहकारी ब्यवस्था राज्यमन्त्रि राम रानाले पार्टी नेतृत्वको कटाक्ष गर्नुभएको छ । गृह जिल्ला इलामको चुलाचुलीमा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा सहभागी हुँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले भन्नुभयो ‘मन्त्रिमा नियुक्ती हुने जानकारी पाएर सपथ ग्रहणका लागि बाटो लागेको तर आधा बाटो पुगेपछि राज्यमन्त्रिमा मात्रै नियुक्ति हुने जानकारी पाएको बताउनुभयो ।’ बधाई..

प्रथम चुलाचुली अध्यक्ष लिगको उपाधी वडा न. २ लाई

इलामको चुलाचुलीमा आज सम्पन्न चुलाचुली अध्यक्षकप लिग फुटबल प्रतियोगिताको उपाधी वडा न। २ ले हात पार्न सफल भएको छ । चुलाचुली २ स्थित पञ्चकन्या प्रा।वि। को खेल मैदानमा भएको फाईनल खेलमा वडा नं। ३ लाई ० विरुद्ध १ गोल गर्दै वडा नं। २ ले जित शुनिश्चित गरेको हो । ग्रामिण भेगको खेलकुद क्षेत्रमा विकाश गर्ने उदेश्यसहित सम्पन्न भएको सो फुटबल प्रतियोगितामा चुलाचुलीका ६ वटा वडाका फुटबल टोलीको सहभागिता रहेको थियो..

सतासीधाम जेसिज बर्ष २०२० का नयाँ पदाधीकारीहरुलाई पद हस्तान्तरण

शिबसताक्षी । झापाको सतासीधाम जेसिज बर्ष २०२०का नया पदाधीकारीहरुलाई आज एक कार्यक्रमका बिच पद हस्तान्तरण, सपथ ग्रहण तथा पुरस्कार बितरण गरिएको छ । झापाको शिबसताक्षी मा सन २०१३ मा स्थानीय युवाहरुको सक्रियतामा स्थापना भएको सतासीधाम जेसिजले बिभिन्न आरोह अवरोह पार गर्दै आज बर्ष २०२० का नया पदाधीकारीहरुलाई सातौ पद हस्तान्तरण तथा सफत ग्रहण गराएको हो । नेपाल जेसिजका राष्ट्रिय अध्यक्ष असोक शंकरको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रमा सम्पन्न भएको हो..

‘सताक्षी गोल्डकप २०७६’ फागुनको पहिलो साताबाट हुने

शिबसताक्षी । झापाको शिबसतक्षीमो तेश्रो संस्करणको फुटबल प्रतियोगिता ‘सताक्षी गोल्डकप २०७६’ फागुनको पहिलो साता हुने भएको छ । प्रतियोगिताको मुल आयोजक समिति सतासीधाम स्पोटिङ्ग क्वलले आईतवार शिवसताक्षी ११ स्थीत झिलझिलेमा पत्रकार सम्मेलन गर्दे प्रतियोगिताको बारेमा जानकारी दिएको हो । फाुगनु ३ देखी १० गते सम्म सञ्चालन हुने बताइएकोे प्रतियोगितामा भारतका १ सहित नेपालका ७ वटा टिम सहभागी हुने छ । स्थानीय गणेशमाशिंह अध्ययन प्रतिष्ठानको खेल मैदानमा हुने प्रतियोगिता माई पश्चिम..

झापामा चल्ने सार्वजनिक यातायातमा टाईमकार्ड लागू

७ माघ / दमक । झापामा यात्रुबाहक सवारी साधनको तीव्र गतिका कारण सडक तथा सवारी दुर्घटना हुने गरेको भन्दै ’टाईमकार्ड’ लागु गरिएको छ । सडक तथा सवारी दुर्घटना न्यूनीकरणका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले यात्रु बाहक सार्वजनिक सवारीसाधनमा पनि ’टाइमकार्ड’ लागू गरेको हो । यसअघि टिप्परमा टाइम कार्ड लागू गरिएको थियो भने आइतबारदेखि यात्रुवाहक बसमा पनि यो व्यवस्था लागु गरिएको हो । झापाकै व्यस्तमध्येको दमकस्थित बसपार्कमा बिहानैदेखि टाईमकार्ड लागु..

सुनचाँदी ब्यावसायी संघ शिबसताक्षी शाखाद्धारा अशक्त समाजालाई खद्यन्य सहयोग

७ माघ / दमक । नेपाल सुनचाँदी ब्याबसायी संघ शिबसताक्षी शाखा झापाले मंगलबार कन्काई नगरपालीका ४ मा रहेको पुकार अपाङग, अशक्त समाजालाई खद्यन्य सामग्री प्रदान गरेको छ । सुनचाँदी ब्यबसायी संघ शिबसताक्षी शाखाले नगरमा ब्यबसाय गर्दै आएका शाखामा आबद्ध ब्यबसायीहरु मार्फत संकलन गरि समाजलाई खाद्यन्य तथा लत्ताकपडा प्रदान गरेको संघका सचिब हरिशंकर सिलवालले बताए । समाजमा हाल फरक क्षमता भएका प्रदेश १का बिभिन्न जिल्लाका ८ बर्ष देखि २६ बर्ष सम्मका..

वडाध्यक्षको उदाहरणीय कार्य

इलामको चुलाचुली गाउँपालिका वडा नं. २ का वडाध्यक्ष रनबहादुर लिम्बूले आज आफ्नो जन्मदिनको अवसर पारेर वडाका विपन्न तथा जेष्ठ नागरीकलाई न्यानो कपडा तथा विद्यालयलाई आर्थिक सहयोग प्रदान गर्नुभएको छ । जन्मदिनको अवसरमा वडाध्यक्ष लिम्बूले आफ्नो सरकारी सुविधा वापतको रकमले वडामा रहेका ८ जना विपन्न जेष्ठ नागरीकलाई म्याट र ब्ल्याङ्केट वितरण गर्नुभएको हो । त्यस्तै उहाँले आफ्नो सरकारी सुविधावापतको रकमले नै वडा नं. २ मा रहेको पञ्चकन्या प्राथमिक विद्यालयलाई नगद रु..