१६ माघ/झापा । कमल गाउँपालिका वडा नम्बर ७ को भवन निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । बाह्रघरेमा निर्माण भईरहेको भवनको अहिलेसम्म करिब ९० प्रतिशत काम सकिएको बताईएको छ । अब ग्रिल, झ्याल, ढोका रंग–रोगनको काम मात्र बाँकी रहेको वडाध्यक्ष पृथ्वीपति राईले बताउनुभयो ।
२०७५ जेष्ठ महिनाबाट निर्माण सुरु भएको सो भवन निर्माणका निम्ति जिल्ला समन्वयन समिति झापाले रु ४५ लाख विनियोगना गरेको थियो । त्यसमा ट्वाईलेट बाथरुम र घेराबारमा निर्माणमा रकम अभाव भएपछि प्रदेश सांसद अर्जुन राईको सांसद विकास कोषबाट थप रु २५ लाख रुपैयाँ विनियोजग गरिएको वडाध्यक्ष राईले जानकारी दिनुभयो ।
भवन निर्माणको कार्य आउदो फागुन सम्ममा सकिने र आगामी नयाँ बर्षबाट वडा कार्यलय सञ्चालनमा आउने वडाधयक्ष राईको भनाई छ । अहिले वडा नम्बर ६ र ७ को वडा कार्यलय साविकको लखनपुर गा.वि.स.मा छ ।