प्रदेश
झापाको कमलमा प्रदेश स्तरीय महोत्सव हुदैँ
९ फाल्गुन । प्रदेश न. १ को संस्कृति, पर्यटन तथा नागरिक उड्ययान मन्त्रालयको आयोजनामा झापाको कमल गाउँपालिकामा प्रदेशस्तरीय महोत्सव हुने भएको छ । कमल गाउँपालिकाको व्यवस्थापनमा वडा न. ५ मा प्रदेशस्तरीय महोत्सव हुने भएको हो । नेपाल पयर्टन बर्ष २०२० लाई सहयोग पुर्याउने उद्धेश्यले आउदो फाल्गुन १६ गते देखी प्रदेशस्तरिय साँस्कृतिक महोत्सव २०७६ हुने गाउँपालिका अध्यक्ष मेनुका काफ्लेले बताउनुभयो । अध्यक्ष काफ्लेका अनुसार प्रदेश स्तरीय महोत्वस आयोजन गर्न प्रदेश मन्त्रलायबाट..
छैठौँ दमक फुड फेस्टिबल आजबाट सुरु
७ फाल्गुन । झापाको दमकमा आज (बुधबार)बाट छैठौँ दमक फुड फेस्टिबल सुरु भएको छ । दमक ६ स्थित बसपार्कमा आज एक कार्यक्रमका बिच दमक नगरपालिकाका मेयर रोमनाथ ओलीले बेलुन उडाएर फेस्टिबलको उद्घाटन गर्नुभएको हो । होटल ब्यवसायी संघ दमकको आयोजनामा शुरु भएको फुड फेस्टिबल आउदो फाल्गुन ११ गतेसम्म संञ्चालन हुने बताईएको छ । फेस्टिबलको उद्घाटन गर्दै मेयर ओलीले यो कार्यक्रमले दमकलाई धेरै फाइदा दिने बताउनुभयो । खानामा गुणस्तर कायम गर्नुपर्ने..
झापाको सुरुङ्गाबाट अबैध काठसहित पिकअप नियन्त्रणमा
७ फागुन । झापाको कन्काई नगरपालिका सुरुङगाबाट प्रहरीले अबैध काठसहित एउटा पिकअप नियन्त्रणमा लिएको छ । कन्काइ सब डिभिजन बन कार्यालय सुरुङगाको बिशेष सुराकीको आधारमा इलाका प्रहरी कार्यालय सुरुङ्गा र ट्राफिक प्रहरी पोष्ट सुरुङगाले कन्काई नगरपालिका वडा नं ३ स्थित सुरुङ्गाबाट अबैध ४६ क्यु. बि. सालको काठ सहित काठ बोकेको को १ च ६४०४ नं को पिकअपलाई नियन्त्रणमा लिएको हो । बरामद गरिएको काठ, पिकअप र पिकअप चालकालाई नियन्त्रणमा लिएर..
अनेरास्ववियू र नेवि संघका कार्यकर्ता बीच झडप
फाईल तस्विर ५ फाल्गुन, काठमाडौं । काठमाडौँको भृकुटीमण्डपस्थित रत्नराज्य लक्ष्मी (आरआर) क्याम्पसमा अनेरास्ववियू र नेपाल विद्यार्थी संघका कार्यकर्ता बीच अपसमा झडप भएको छ । दुई संगठन विच एक–आपसमा विहान भएको झडपमा अनेरास्ववियूका नेताहरु सङ्गम देवकोटा, मुकेश कुँवर, धर्म न्यौपने र नेविसंघका नेताहरु आविष्कार पौडेल, कुशल बस्नेत, सुमन खड्का लगायत घाइते भएको बताईएको छ ।
प्रधानमन्त्रीको गृहनगरमा प्रदेशकै अग्लो महादेवको प्रतिमा बन्दै
५ फाल्गुन, झापा । प्रधानमन्त्री केपि शर्मा ओलीको गृहनगर समेत रहेको झापाको दमकमा प्रदेशकै अग्लो महादेवको प्रतिमा वन्ने भएको छ । दमक ५ स्थित धनेश्वर महादेव पञ्चायन मन्दिर परिषरमा ३५ फूट अग्लो प्रदेशकै अग्लो शिवजीको प्रतिमा बन्ने भएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । न्गरलाई पर्यटकिय क्षेत्रका रुपमा विकास गराउने उद्देश्यले करिव ४० लाख रुपैँयाको लागतमा महादेवको प्रतिमा बनाउन लागिएको मन्दिरका अध्यक्ष रुद्र कार्कीले बताउनुभयो । मन्दिरमा गत फागुन २..
इलामको चुलाचुलीमा आजबाट दादुरा रुवेला विरुद्धको अभियान सुरु
५ फाल्गुन । दादुरा रुवेला राष्ट्रीय अभियान अन्तर्गत इलामको चुलाचुलीमा पनि आजबाट दादुरा रुवेला विरुद्धको खोप लगाउन सुरु गरिएको छ । अभियानको पहिलो चरण अन्तर्गत चुलाचुलीमा आजबाट ९ महिनादेखी ६ बर्ष उमेर समुहका वालवालिकालाई खोप लगाउन सुरु गरिएको चुलाचुली गाउँपालिकाका स्वास्थ्य साखा प्रमुख दुस्यान्त दाहालले जानकारी दिनुभयो । चुलाचुली १ कमल स्थित जनता मा.वि.को प्रङ्गणमा एक औपचारीक कार्यक्रमको आयोजनागरी अभियानको शुभारम्भ गरिएको थियो । चुलाचुली गाउँपालिका अध्यक्ष प्रदिपचन्द्र राई र..
पूर्व सभामुख महराले पाए सफाई
५ फाल्गुन काठमाण्डौ । जवरजस्ती करणीको मुद्दामा पुर्पक्षका लागि थुनामा परेका पूर्व सभामुख कृष्णबहादुर महराले सफाइ पाएका छन् । जिल्ला अदालत काठमाडौंका न्यायाधीश अम्बरराज पौडेलको इजलासबाट आज भएको फैसलामा महराले सफाइ पाएका हुन् । महराको मुद्धामा हिजो नै फैसला हुने भनिएपनि समय अपुग भएको भन्दै हेर्दाहेर्दैको अवस्थामा राखिएको थियो । हेर्दाहेर्दैको अवस्थामा राखिएको मुद्दाको आज गरिएको फैसला महराको पक्षमा आएको हो । संसद सचिवालयकी महिला कर्मचारीलाई बलात्कार प्रयास गरेको अभियोगमा..
चुलाचुलीमा जंगली हात्तीको आंतङ्क, स्थानिय चिन्तित
५ फाल्गुन । इलामको चुलाचुली गाउँपालिकामा जंगली हात्तीको आतङ्क बढेको छ । जंगली हात्ती बस्ति छिर्न थालेपछि स्थानियहरु चिन्तित बनेका छन् । चुलाचुली २ न. वडामा गए राती मात्र जंगली हात्तीले स्थानियको घर भत्तकाएर अंन्नपात खाईदिएको छ । स्थानिय देवि खनालको घर भत्काएर घरमा भण्डारण गरेर राखिएको अन्नपात हात्तीले खाई दिनुका साथै छरपस्ट पारेको स्थानिय अगुवा तथा तत्कालिन चुलाचुली गा.वि. का अध्यक्ष ओमनारायण खनालले जानकार िदिनुभयो ।
आउदो फाल्गुन ७ देखि दमकमा छैठौँ फुड फेस्टिबल
५ फाल्गुन । झापाको दमकमा यस बर्ष पनि फुड फेस्टिबलको आयोजना हुने भएको छ । होटल ब्यवसाही संघ दमकको आयोजनामा आउदो फागुन ७ गतेदेखि ११ गतेसम्म दमक ६ स्थित बसपार्कमा छैठौँ फुड फेस्टिबलको आयोजना हुने पत्रकार सम्मेलन गरी होटल ब्यवसायी संघ दमकले जनाएको छ । नेपाल भ्रमण २०२० लाई लक्षित गर्दै दमकमा आन्तरीक तथा बाह्य पर्यटक भित्याउने उद्धेश्यले सो फेष्टिवलको आयोजन गर्न लागिएको होटल ब्यासायी संघ दमकका अध्यक्ष राजन दंगालले..
विकाशको गति देखेर प्रतिपक्षी आत्तियोः प्रधानमन्त्री ओली
४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले अब कोही व्यक्ति भोकै बस्नु नपर्ने बताउनुभएको छ । गृह जिल्ला झापाको दमकमा आयोजित दमक चिसापानी रवि सडक शिलन्यास समारोहमा बोल्दै उहाँले वर्तमान सरकारले जनताको आधारभुत आवश्यकता पुरा गर्ने गरी काम गरिरहेकाले कोही पनि भोकै बस्नु नपर्ने बताउनुभएको हो । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्रि ओलीले गरिवी विवारणका लागि जनता आवास कार्यक्रम अन्तरर्गत देशभर ८ हजार घर बनाइएको, युवा विद्यार्थीहरुका लागि..



सूचना विभाग दर्ता नंः १८२३/०७६-७७