प्रथम चुलाचुली अध्यक्ष लिगको उपाधी वडा न. २ लाई

प्रथम चुलाचुली अध्यक्ष लिगको उपाधी वडा न. २ लाई

इलामको चुलाचुलीमा आज सम्पन्न चुलाचुली अध्यक्षकप लिग फुटबल प्रतियोगिताको उपाधी वडा न। २ ले हात पार्न सफल भएको छ । चुलाचुली २ स्थित पञ्चकन्या प्रा।वि। को खेल मैदानमा भएको फाईनल खेलमा वडा नं। ३ लाई ० विरुद्ध १ गोल गर्दै वडा नं। २ ले जित शुनिश्चित गरेको हो ।
ग्रामिण भेगको खेलकुद क्षेत्रमा विकाश गर्ने उदेश्यसहित सम्पन्न भएको सो फुटबल प्रतियोगितामा चुलाचुलीका ६ वटा वडाका फुटबल टोलीको सहभागिता रहेको थियो । खेलको विजेता टोली वडा नं। २ लाई लिग समापन समारोहका प्रमुख अतिथि प्रदेशसभा सदस्य धिरेन्द्र शर्मा ९रमण० द्धरा नगद रु ५० हजार रुपौँया सहित मेडल तथा प्रमाण पत्र प्रदान गरिएको छ ।
त्यस्तै दोस्रो हुने टोली वडा नं। ३ लाई लिग समापन समारोहका विशिष्ट अतिथि गाउँपालिका अध्यक्ष प्रदिपचन्द्र राईद्धरा नगद रु ३० हजार रुपौँया सहित मेडल तथा प्रमाणपत्र प्रदान गरिएको छ । खेलमा उत्कृष्ट खेलाडी, पहिलो गोलकर्ता, उत्कृष्ट किप्पर लगायतलाई समेत जनही एक÷एक हजार रुयौँया प्रदान गर्दे कार्यक्रमका अतिथी गाउँपालिका उपाध्यक्ष निर्मला दाहालले पुरस्कृत गर्नुभएको कार्यक्रमका संयोजक रामप्रसाद राईले जानकारी दिनुभयो ।

चुलाचुली खेलकुद समितीको आयोजनामा गत पौष ३ बाट सुरु भएको सो कार्यक्रमको समापनको दिन आज चुलाचुलीका उत्कृष्ट पुर्व खेलाडीहरुलाई सम्मान समेत गरिएको छ । सम्मानित हुने खेलाडीहरुमा वडा न। ६ बाट नवलकेमी राई, मोती बहादुर राई, वडा न। ५ बाट धनबहादुर राई, अम्वर राई, वडा न। ४ बाट धन बहादुर लिवाङ, वडा न। ३ बाट हर्क बहादुर राई, अम्वर मावो, ईन्द्र बहादुर आङ्थुपो, वडा न। २ बाट रत्न बहादुर तामाङ, राजु चेम्जोङ र वडा न। १ बाट लाकेन्द्र तुम्वापोलाई जनही नगद रु एक÷एक हजार रुपैँया सहित प्रमाणपत्र तथा दोसल्ला ओढाएर सम्मानित गरिएको हो ।

यता महिला तर्फको खेल भने पौष ९ गतेबाट सुरु भई हिजो नै समापन भईसकेको छ । जसमा चुलाचुली वडा न। ४ ले जित हात पार्दे नगद रु २० हजार रुपौँया सहित प्रमाण पत्र तथा मेडल प्राप्त गरेको थियो ।

प्रतिक्रिया:

सम्बन्धित खवर