१६ माघ/शिवसताक्षी । कृषि प्रणालीमा प्रविधि र यन्त्रिकरण, खाद्यन्य तथा तरकारी आयतमा न्यनिकरण भन्ने मुल नारा सहित झापाको शिबसताक्षी नगरपालीकाले नगरका बिभिन्न कृषि शहकारी संस्था तथा कृषि समुहमा आबद्ध किसानहरुलाई कृषि औजार तथा उपकरण बितरण गरिएको छ । नगरले उपकरण दिएर मात्र भएन किसानले उत्पादन गरेको कृषि उपजलाई समेत बजारीकरणको ब्यबस्था पनि गर्नु पर्ने कृषकहरुको भनाई छ ।
शिबसताक्षी नगरपालिकाले कृषिमा यान्त्रिकीकरण गर्ने उद्देश्यले कृषकलाई कृषि औजार वितरण गरेको हो । सो आवसरमा मकै छोडाउने मेसिन, पावर ट्रेलर, मकै रोप्ने मेसिन र स्प्रे ट्याङकी ५० प्रतिशत साथै साना सिंचाई मोटर सय प्रतिशत र रिपर मेसिन ७५ प्रतिसत अनुदानमा उपलव्धध गराएको छ । ९० लाख वजेट नगरपालिकाले यो वर्ष कृषिका लागि छुट्याएको नगरपालीकाको कृषि शाखाले जनाएको छ । नगर लाई खाद्य तथा तरकारी बालीमा आत्मानिर्भर बनाउन कृषि उपकरण बितरण गरेको नगर कृषि बिकास समितिका अध्यक्ष बलजित राईले बताउनुभयो । नेपाल सरकारले कृषि क्षेत्रमा ठुलो धनराशी खर्च गरेपनि परमपरागत रुपमा खेती गर्ने प्रणालीले गर्दा कृषकको जिवन स्तर उस्कन सकेको छैन । स्थानीय तहहरुले कृषिमा यन्त्रिकरण गर्नको लागी नगरमा आधुनिक उपकरण बितरण गरेको बरिष्ठ कार्यक्रम अधिकृत प्रकाश चौधरीको भनाई छ ।
शिबसताक्षी नगरबासीहरु पूर्ण रुपमा कृषिमा निर्भर छन् । तर, कृषि पेशालाई व्यवसाायिक र आधुनिकीकरण गर्न नसक्दा यहाँका कृषक अझैंपनि परम्परागत रुपमा खेती गर्दै आइरहेका छन् । जसका कारण लागत मूल्य समेत उठाउन धौ– धौैं परिरहेका बेला शिबसताक्षी नगरपालिकाले ११ वाटै वडाका छनौट मा परेका कृषकका कृषि जन्य उपकरण बितरण गर्दै नगर प्रमुख चन्द्रकुमार शेर्माले नगरलाई कृषिमा आत्मनिर्भर बनाउने बताउनुभयो । कृषिमा पर निर्भरता बढिरहेका वेला शिबसताक्षी नगरपालिकाले कृषकका लागि गरेको लगानी सबैका लागि प्रेरणादायी रहेको छ । नगरले पावर ट्रेलर २२ थान, धान काट्ने रिपर मेसिन २२ थान, साना सिंचाई मोटर २३ थान, मकै छोडाउने मेसिन २५ थान, मकै रोप्ने मेसिन ३३ थान, स्प्रे ट्याङकी ४४ थान बितरण गरेको नगरपालीकाले जनाएको छ ।