गाउँपालिका उपाध्यक्षमाथी अज्ञात समुहद्धारा अमर्यादीत ब्यवहार

गाउँपालिका उपाध्यक्षमाथी अज्ञात समुहद्धारा अमर्यादीत ब्यवहार

१९ माघ । झापाको कमल गाउँपालिकाका उपाध्यक्ष बेनुप्रशाद शिवाकोटीमाथी एक अज्ञात समुहले अमर्यादीत ब्यवहार गरेका छन् । कमल गाउँपालिकाको मुख्य प्रशासनिक भवन बनाउने बिषयमा छलफल भईरहेका बेला १५–२० जनाको अज्ञात समुहले उपाध्यक्ष शिवाकोटीमाथी अभद्र ब्यवहार रहेका हुन् । पालिका उपाध्यक्ष शिवाकोटी माथी अज्ञात समुहले अपशब्द प्रयोग गर्दे दुव्यवहार गरेको गाउँपालिकाले निकालेको बिज्ञाप्तिमा जनाइएको छ । सोहि बिषयमा कमल वडा न. ४ का सेवाग्राही चन्द्रप्रशाद भट्टराई माथी कुटपिट भएको गाउँपालिकाले जनाएको छ ।

शान्तिपूर्ण तवरले छलफल भईरहेको बेला सुनियोजित रुपमा भएको उच्छृंखल ब्यवहार र गाउँपालिका उपाध्यक्ष जस्तो जिम्मेबार ब्यक्ति माथी अभद्र र अमर्यादित ब्यवहार हुनु र सेवाग्राही माथी कुटपिट हुनु खेद जनक रहेको गाउँपालिकाले आफ्नो विज्ञप्तिमा उल्लख गरेको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर