प्रधानमन्त्रिको गृहनगरमा अत्याधुनिक बहुतले बसपार्क निर्माण हुँदै

प्रधानमन्त्रिको गृहनगरमा अत्याधुनिक बहुतले बसपार्क निर्माण हुँदै

१६ माघ । झापाको दमकमा झण्डै दुई अर्ब रुपैयाँ बजेटको लागतमा बहुतले बसपार्कको निर्माण प्रकृया अघि बढेको छ । हालको पूर्ववसपार्क तथा पशुहाट सम्मको क्षेत्रमा अत्याधुनिक बहुतले बसपार्क निर्माण हुने जनाईएको छ ।

दमक नगरपालिकाका मेयर रोमनाथ ओलीका अनुसार ९ तलाको बसपार्कका लागि डिपीआर अन्तिम चरणमा पुगेको छ । अब बन्ने बसपार्कमा ठूला सवारी साधन भुइँतलामा पार्किङ गरिने योजना छ । भुईतला भन्दा माथिल्लो तलामा कमभार क्षमताका सवारी साधनहरू पार्किङ गर्ने व्यवस्था गरिने योजना रहको बताईएको छ ।

सो वसपार्क पुर्वपश्चिम राजमार्गसँग नजिकको दुरीमा रहेकाले वसपार्क निर्माणका लागि उपयुक्त ठहर गरिएको नगरप्रमुख ओलीले बताउनुभयो । बहुतले बपार्कका लागि वडा नं. ६ र ७ मा करिव साढे ३ बिगाहा जमिन रहेको जनाइएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर