राज्यमन्त्रि रानाको कटाक्षः ‘मन्त्रि बन्न हिडेको राज्यमन्त्रि भए’

राज्यमन्त्रि रानाको कटाक्षः ‘मन्त्रि बन्न हिडेको राज्यमन्त्रि भए’

१३ माघ/इलाम । राजनितिक निर्णयहरु कहिलेकाहीँ अकास्मत बदलिने गरेको भन्दै प्रदेश न. १ का भूमि ब्यवस्था, कृषि तथा सहकारी ब्यवस्था राज्यमन्त्रि राम रानाले पार्टी नेतृत्वको कटाक्ष गर्नुभएको छ । गृह जिल्ला इलामको चुलाचुलीमा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा सहभागी हुँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले भन्नुभयो ‘मन्त्रिमा नियुक्ती हुने जानकारी पाएर सपथ ग्रहणका लागि बाटो लागेको तर आधा बाटो पुगेपछि राज्यमन्त्रिमा मात्रै नियुक्ति हुने जानकारी पाएको बताउनुभयो ।’
बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रममा विभिन्न पार्टीका प्रतिनिधीहरुले प्रदेश राज्यमन्त्रि राना मन्त्रि बन्न योग्य हुदाहुँदै पनि पार्टी नेतृत्वले राज्यमन्त्रिमा खुम्च्याएको भन्दै असन्तुष्टी ब्यक्त गरेका थिए । राज्यमन्त्रि रानाले आम कार्यकर्ताको असन्तुष्टिमा सान्तवन्ना दिदै थप्नुभयो ‘केही सांसदहरु मन्त्रि बन्ने जनकारी पाएर लुगा लगाएर बाटा लागे तर मन्त्रि नै नवनाउने पार्टीको निर्णय थाहा पाएर बाटो बाट नै फर्किनु पर्यो धन्न म चाहीँ राज्यमन्त्रिमा भए पनि अडिन पाएँ छु ।’
अर्को प्रसङ्गमा बोल्दै राज्यमन्त्रि रानाले अबको समय भनेको कृषिमा क्रान्तिको समय भएको बताउनुभयो । देशमा राजनितिक क्रान्ति सकिएको भन्दै उहाँले अबको समयमा नेपाली कृषि प्रणालीलाई कसरी ब्यवस्थित र ब्यवसायिक बनाउने भन्ने बिषयमा आफु कटिवद्ध भएर लागेको बताउनुभयो । प्रदेशको कृषि प्रणालीलाई व्यवस्थित बनाउन सहकारी ब्यवस्था नै उत्तम विकल्प रहेको भन्दै उहाँले प्रदेशमा सहकारी सम्बन्धी ऐन बनिसकेको र अव केही दिनमा नै सो ऐन कार्यन्वयनमा आउने उहाँले जिकीर गर्नुभयो । त्यस्तै सुकुम्बासी समस्या लगायत भूमि सम्बन्धि सम्पुर्ण समस्या ब्यवस्था र सामधानका लागि केन्द्र सरकारबाट बिधेयक पास भईसकेको र ऐन बन्ने प्रकृयामा रहेकाले अव चाडै नै भूमि सम्वन्धी समस्या सामधान हुने उहाँले बताउनुभयो ।
इलाम जिल्लाबाट प्रदेशसभामा प्रतिनिधित्व गर्नुभएका राना राज्यमन्त्रिमा नियुक्त भएपछि चुलाचुली गाउँपालिकाले सो बधाई तथा शुभकामना आदप्रदान कार्यक्रमको आयोजना गरेको हो ।

प्रतिक्रिया:

सम्बन्धित खवर