२४ माघ/झापा । पुरुषको संवेदनशील अङ्ग (अण्डकोष) काटेर परालको कुन्युमा जलाएर हत्या गरेको आरोपमा जिल्ला प्रहरी कार्यलय झापाले दुई जनालाई पक्राउ गरेको छ । बिर्तामोड नगरपालिका २ बस्ने १८ वर्षीय लक्ष्मण यादव र २० वर्षीय करुण चौधरीलाई झापाबाट पक्राउ गरिएको प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिनुभयो ।
प्रहरीले आरोपीको साथबाट घटनामा प्रयोगमा भएका चक्कु, लाइटर, मृतकको मोबाइल, टुक्रा पारिएको सिम कार्ड लगायत रगत लागेको टिसर्ट बरामद गरेको जनाएको छ । दुवै जनालाई कर्तव्य ज्यान सम्बन्धी मुद्दा चलाइने प्रहरी उपरीक्षक कोइरालाले बताउनुभयो ।