शिबसताक्षी । झापाको शिबसतक्षीमो तेश्रो संस्करणको फुटबल प्रतियोगिता ‘सताक्षी गोल्डकप २०७६’ फागुनको पहिलो साता हुने भएको छ ।
प्रतियोगिताको मुल आयोजक समिति सतासीधाम स्पोटिङ्ग क्वलले आईतवार शिवसताक्षी ११ स्थीत झिलझिलेमा पत्रकार सम्मेलन गर्दे प्रतियोगिताको बारेमा जानकारी दिएको हो । फाुगनु ३ देखी १० गते सम्म सञ्चालन हुने बताइएकोे प्रतियोगितामा भारतका १ सहित नेपालका ७ वटा टिम सहभागी हुने छ । स्थानीय गणेशमाशिंह अध्ययन प्रतिष्ठानको खेल मैदानमा हुने प्रतियोगिता माई पश्चिम झापाको पहिचान स्थापित गर्न सक्ने प्रतियोगिता भएको स्थानीय ले बताएका छन । यो वर्ष झापामा मेचिनगर गोल्डकप, झापा गोल्डकप र सताक्षी गोल्डकपको समय तालिका अखिल नेपाल फुटव संघ (एन्फा) ले सार्वजनिक गरेको तालीकामा उल्लेख छ ।
प्रतियोगितामा मनाङ मस्र्याङ्दी, थ्री स्टार क्लब , त्रिभुवन आर्मी, रुपन्देही ११, मचिन्द्र फुटवल क्लव, च्यासल फुटवल क्लव, आयोजक झापा र भारतको दार्जेलिङ फुटवल क्लव ले सहभागीता जनाउने मौखिक सहमती भएको आयोजक सतासीधाम स्पोटिङ्ग क्लवका उपाध्यक्ष फुर्वा तामाङ्गले सो पत्रकार सम्मेलनमा जानकारी गराए । सताक्षी गोल्डकपमा सहभागी जनाउन अन्य ए डिभिजनका टिम पनि उत्साहित छन तर, तेश्रो संस्करणमा ८ वटा टिमको मात्र प्रतिस्पर्धा हुने उनले बताए । थ्रि स्टार र दार्जेलिङ फुटवल क्लवले सहमती दिएको छ भने अन्य टिमको लिखीत संझौता आउने प्रक्रियामा रहेको तामाङ्गले बताए ।
प्रतियोगिताका विजेताले ६ लाख नगद पाउने छ भने उप विजेताले ३ लाख नगद सहित ट्रफी मेडल र प्रमाणपत्र पाउने जनाईको छ । आयोजक समितिका आर्थिक विभाग प्रमुख सनम ईजमले प्रतियोगिता संचालन गर्न ७६ लाख रुपैयाँ को लागत ईष्टिमेट भएको बताए । प्रतियोगिताका म्यान अफ दी सिरिजको पुरस्कार ५० हजार र हाई स्कोररलाई २५ हजार नगदै पुरस्कार प्रदान गरिने भएको छ ।
यस्तै उत्कृष्ठ मिड फिल्डर, फरवर्ड, डिफेन्स, गोल किपर र वेष्ट कोचको पुरस्कार राशी जनही २० हजार र म्यान अफ दी म्याचको १० हजार रहेको आयोजकले जनाएको छ । सताक्षी गोल्डकपको पहिलो संस्करणको उपाधी नेपाल पुलिस क्लव र दोश्रो संस्करणको उपाधी त्रिभुवन आर्मी क्लबले हात पारेको थियो ।
आयोजक सतासीधाम स्पोटिङ्ग क्लवले तेश्रो संस्करणको प्रतियोगितालाई उत्सवका रुपमा लिएको छ । सरकारले सन २०२० लाई पर्यटन भ्रमण वर्षका रुपमा मनाईरहदा सताक्षी गोल्डकपमा पनि विदेशी पाहुना दर्शक भएर आउने आयोजक समितिका अध्यक्ष रमेश लावतीले बताए । उहाँका अनुसार दैनिक कम्तिमा १० विदेशी पाहुना सहित ६हजार ५सय दर्शकले खेलको मनोरञ्जन लिने अनुमान गरेको अध्यक्ष लावतीले जानकारी दिए ।