प्रदेश

सबैको भावना समेटेर प्रदेशको नामाकरण हुन्छः प्रदेश प्रमुख ‘प्यासी’
१३ फाल्गुन । प्रदेश नं. १ का प्रमुख सोमनाथ अधिकारी (प्यासी)ले सबैको भावनाको प्रतिनिधित्व हुने गरी प्रदेशको नामाकरण हुने बताउनुभएको छ । हिजो सोमबार झापाको बिर्तामोडमा आयोजित छलफलमा प्रदेश प्रमुख प्यासीले शान्ति, सहिष्णुता, सामाजिक सद्भावलाई ख्याल गर्दै प्रदेशको नामाकरण गरीने बताउनुभयो । उहाँले प्रदेशसभाको चालू अधिवेशनले प्रदेशको नामाकरण टुंग्याउने भन्दै विश्वस्त रहन आग्रह पनि गर्नुभयो । संघीयता कार्यान्वयनका सवालमा केही जटिल बिषय देखिए पनि त्यसलाई सबै मिलेर सहज बनाउनुपर्ने उहाँको..

चुलाचुलीमा किरात संग्रहालय निर्माणका लागि राई परिवारले गरे जग्गा दान
९ फाल्गुन । इलामको चुलाचुली गाउँपालिका वडा न. ५ मा किरात सांस्कृतिक संग्रहालय निर्माणका लागि स्थानिय राई परिवारले करिव अढाई कठ जमिन दान गरेका छन् । चुलाचुली वडा न. ५ बरबोटे टोल निवासी स्थानिय श्रीबहादुर याङ्मा राईले आफुले चासभोग गर्दे गरेको करिव अढाई कठठ जमिन संग्राहलय निर्माणका लागि भन्दै निःशुल्क रुपमा उपलब्ध गराउनुभएको हो । स्थानिय टोल विकाश समितीका अध्यक्ष कमिक राई, किरात सांस्कृतिक संग्राहलय निर्माण तदर्थ समितीका अध्यक्ष निशेष..

झापाको कमलमा प्रदेश स्तरीय महोत्सव हुदैँ
९ फाल्गुन । प्रदेश न. १ को संस्कृति, पर्यटन तथा नागरिक उड्ययान मन्त्रालयको आयोजनामा झापाको कमल गाउँपालिकामा प्रदेशस्तरीय महोत्सव हुने भएको छ । कमल गाउँपालिकाको व्यवस्थापनमा वडा न. ५ मा प्रदेशस्तरीय महोत्सव हुने भएको हो । नेपाल पयर्टन बर्ष २०२० लाई सहयोग पुर्याउने उद्धेश्यले आउदो फाल्गुन १६ गते देखी प्रदेशस्तरिय साँस्कृतिक महोत्सव २०७६ हुने गाउँपालिका अध्यक्ष मेनुका काफ्लेले बताउनुभयो । अध्यक्ष काफ्लेका अनुसार प्रदेश स्तरीय महोत्वस आयोजन गर्न प्रदेश मन्त्रलायबाट..

छैठौँ दमक फुड फेस्टिबल आजबाट सुरु
७ फाल्गुन । झापाको दमकमा आज (बुधबार)बाट छैठौँ दमक फुड फेस्टिबल सुरु भएको छ । दमक ६ स्थित बसपार्कमा आज एक कार्यक्रमका बिच दमक नगरपालिकाका मेयर रोमनाथ ओलीले बेलुन उडाएर फेस्टिबलको उद्घाटन गर्नुभएको हो । होटल ब्यवसायी संघ दमकको आयोजनामा शुरु भएको फुड फेस्टिबल आउदो फाल्गुन ११ गतेसम्म संञ्चालन हुने बताईएको छ । फेस्टिबलको उद्घाटन गर्दै मेयर ओलीले यो कार्यक्रमले दमकलाई धेरै फाइदा दिने बताउनुभयो । खानामा गुणस्तर कायम गर्नुपर्ने..

झापाको सुरुङ्गाबाट अबैध काठसहित पिकअप नियन्त्रणमा
७ फागुन । झापाको कन्काई नगरपालिका सुरुङगाबाट प्रहरीले अबैध काठसहित एउटा पिकअप नियन्त्रणमा लिएको छ । कन्काइ सब डिभिजन बन कार्यालय सुरुङगाको बिशेष सुराकीको आधारमा इलाका प्रहरी कार्यालय सुरुङ्गा र ट्राफिक प्रहरी पोष्ट सुरुङगाले कन्काई नगरपालिका वडा नं ३ स्थित सुरुङ्गाबाट अबैध ४६ क्यु. बि. सालको काठ सहित काठ बोकेको को १ च ६४०४ नं को पिकअपलाई नियन्त्रणमा लिएको हो । बरामद गरिएको काठ, पिकअप र पिकअप चालकालाई नियन्त्रणमा लिएर..

अनेरास्ववियू र नेवि संघका कार्यकर्ता बीच झडप
फाईल तस्विर ५ फाल्गुन, काठमाडौं । काठमाडौँको भृकुटीमण्डपस्थित रत्नराज्य लक्ष्मी (आरआर) क्याम्पसमा अनेरास्ववियू र नेपाल विद्यार्थी संघका कार्यकर्ता बीच अपसमा झडप भएको छ । दुई संगठन विच एक–आपसमा विहान भएको झडपमा अनेरास्ववियूका नेताहरु सङ्गम देवकोटा, मुकेश कुँवर, धर्म न्यौपने र नेविसंघका नेताहरु आविष्कार पौडेल, कुशल बस्नेत, सुमन खड्का लगायत घाइते भएको बताईएको छ ।

प्रधानमन्त्रीको गृहनगरमा प्रदेशकै अग्लो महादेवको प्रतिमा बन्दै
५ फाल्गुन, झापा । प्रधानमन्त्री केपि शर्मा ओलीको गृहनगर समेत रहेको झापाको दमकमा प्रदेशकै अग्लो महादेवको प्रतिमा वन्ने भएको छ । दमक ५ स्थित धनेश्वर महादेव पञ्चायन मन्दिर परिषरमा ३५ फूट अग्लो प्रदेशकै अग्लो शिवजीको प्रतिमा बन्ने भएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । न्गरलाई पर्यटकिय क्षेत्रका रुपमा विकास गराउने उद्देश्यले करिव ४० लाख रुपैँयाको लागतमा महादेवको प्रतिमा बनाउन लागिएको मन्दिरका अध्यक्ष रुद्र कार्कीले बताउनुभयो । मन्दिरमा गत फागुन २..

इलामको चुलाचुलीमा आजबाट दादुरा रुवेला विरुद्धको अभियान सुरु
५ फाल्गुन । दादुरा रुवेला राष्ट्रीय अभियान अन्तर्गत इलामको चुलाचुलीमा पनि आजबाट दादुरा रुवेला विरुद्धको खोप लगाउन सुरु गरिएको छ । अभियानको पहिलो चरण अन्तर्गत चुलाचुलीमा आजबाट ९ महिनादेखी ६ बर्ष उमेर समुहका वालवालिकालाई खोप लगाउन सुरु गरिएको चुलाचुली गाउँपालिकाका स्वास्थ्य साखा प्रमुख दुस्यान्त दाहालले जानकारी दिनुभयो । चुलाचुली १ कमल स्थित जनता मा.वि.को प्रङ्गणमा एक औपचारीक कार्यक्रमको आयोजनागरी अभियानको शुभारम्भ गरिएको थियो । चुलाचुली गाउँपालिका अध्यक्ष प्रदिपचन्द्र राई र..

पूर्व सभामुख महराले पाए सफाई
५ फाल्गुन काठमाण्डौ । जवरजस्ती करणीको मुद्दामा पुर्पक्षका लागि थुनामा परेका पूर्व सभामुख कृष्णबहादुर महराले सफाइ पाएका छन् । जिल्ला अदालत काठमाडौंका न्यायाधीश अम्बरराज पौडेलको इजलासबाट आज भएको फैसलामा महराले सफाइ पाएका हुन् । महराको मुद्धामा हिजो नै फैसला हुने भनिएपनि समय अपुग भएको भन्दै हेर्दाहेर्दैको अवस्थामा राखिएको थियो । हेर्दाहेर्दैको अवस्थामा राखिएको मुद्दाको आज गरिएको फैसला महराको पक्षमा आएको हो । संसद सचिवालयकी महिला कर्मचारीलाई बलात्कार प्रयास गरेको अभियोगमा..

चुलाचुलीमा जंगली हात्तीको आंतङ्क, स्थानिय चिन्तित
५ फाल्गुन । इलामको चुलाचुली गाउँपालिकामा जंगली हात्तीको आतङ्क बढेको छ । जंगली हात्ती बस्ति छिर्न थालेपछि स्थानियहरु चिन्तित बनेका छन् । चुलाचुली २ न. वडामा गए राती मात्र जंगली हात्तीले स्थानियको घर भत्तकाएर अंन्नपात खाईदिएको छ । स्थानिय देवि खनालको घर भत्काएर घरमा भण्डारण गरेर राखिएको अन्नपात हात्तीले खाई दिनुका साथै छरपस्ट पारेको स्थानिय अगुवा तथा तत्कालिन चुलाचुली गा.वि. का अध्यक्ष ओमनारायण खनालले जानकार िदिनुभयो ।