५ फाल्गुन । दादुरा रुवेला राष्ट्रीय अभियान अन्तर्गत इलामको चुलाचुलीमा पनि आजबाट दादुरा रुवेला विरुद्धको खोप लगाउन सुरु गरिएको छ । अभियानको पहिलो चरण अन्तर्गत चुलाचुलीमा आजबाट ९ महिनादेखी ६ बर्ष उमेर समुहका वालवालिकालाई खोप लगाउन सुरु गरिएको चुलाचुली गाउँपालिकाका स्वास्थ्य साखा प्रमुख दुस्यान्त दाहालले जानकारी दिनुभयो ।
चुलाचुली १ कमल स्थित जनता मा.वि.को प्रङ्गणमा एक औपचारीक कार्यक्रमको आयोजनागरी अभियानको शुभारम्भ गरिएको थियो । चुलाचुली गाउँपालिका अध्यक्ष प्रदिपचन्द्र राई र उपाध्यक्ष निर्मला दाहालले कार्यक्रमको संयुक्तरुपमा शुभारम्भ गर्नुभएको थियो ।
दुई चरणमा संञ्चालन हुने दादुरा रुवेला राष्ट्रीय अभियान अन्तर्गत इलाममा यो पटक २६ हजार ५ सय ७३ जना वालवालिकाले खोप लगाउदै छन । पहिलो चरणको अभियान फाल्गुन ५ देखी १३ गते सम्म संञ्चालन हुने छ भने दोस्रोचरणको अभयिान फाल्गुन १६ देखी २४ गते सम्म संञ्चालन हुने छ ।