प्रधानमन्त्रीको गृहनगरमा प्रदेशकै अग्लो महादेवको प्रतिमा बन्दै

प्रधानमन्त्रीको गृहनगरमा प्रदेशकै अग्लो महादेवको प्रतिमा बन्दै


५ फाल्गुन, झापा । प्रधानमन्त्री केपि शर्मा ओलीको गृहनगर समेत रहेको झापाको दमकमा प्रदेशकै अग्लो महादेवको प्रतिमा वन्ने भएको छ । दमक ५ स्थित धनेश्वर महादेव पञ्चायन मन्दिर परिषरमा ३५ फूट अग्लो प्रदेशकै अग्लो शिवजीको प्रतिमा बन्ने भएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

न्गरलाई पर्यटकिय क्षेत्रका रुपमा विकास गराउने उद्देश्यले करिव ४० लाख रुपैँयाको लागतमा महादेवको प्रतिमा बनाउन लागिएको मन्दिरका अध्यक्ष रुद्र कार्कीले बताउनुभयो । मन्दिरमा गत फागुन २ देखि ९ गतेसम्म नवौँ अनुष्ठानको श्रीमद् गरुण महापुराण ज्ञान महायज्ञ समेत सञ्चालन भईरहेको जनाईएको छ । सो प्रतिमा एक वर्ष भित्रमा बनाई सक्ने लक्ष्य राखिएको अध्यक्ष कार्कीले बताउनुभयो ।

प्रतिक्रिया:

सम्बन्धित खवर