९ फाल्गुन । प्रदेश न. १ को संस्कृति, पर्यटन तथा नागरिक उड्ययान मन्त्रालयको आयोजनामा झापाको कमल गाउँपालिकामा प्रदेशस्तरीय महोत्सव हुने भएको छ । कमल गाउँपालिकाको व्यवस्थापनमा वडा न. ५ मा प्रदेशस्तरीय महोत्सव हुने भएको हो ।
नेपाल पयर्टन बर्ष २०२० लाई सहयोग पुर्याउने उद्धेश्यले आउदो फाल्गुन १६ गते देखी प्रदेशस्तरिय साँस्कृतिक महोत्सव २०७६ हुने गाउँपालिका अध्यक्ष मेनुका काफ्लेले बताउनुभयो । अध्यक्ष काफ्लेका अनुसार प्रदेश स्तरीय महोत्वस आयोजन गर्न प्रदेश मन्त्रलायबाट बजेट बिनियोजन भएको रकमले ताप्लेजुङ्ग र झापाको कमलमा महोत्सव हुने तय भएको छ । महोत्सवमा साँस्कृतिक कार्यक्रमका साथै विभिन्न जात जातिका साँस्कृतिक पहिचान झल्कने नृत्य, प्रदर्शन हुने बताईएको छ ।
यसलाई सफल बनाउन गाँउपालिका उपाध्यक्ष बेनुप्रसाद शिवाकोटीको संयोजकत्वमा वडाध्यक्ष, कार्यपालिकाका सदस्य र गाउँपालिका स्थित विभिन्न संघ सस्थाका प्रमुखहरुको एक मूल आयोजक समिति गठन गरिएको छ ।