सबैको भावना समेटेर प्रदेशको नामाकरण हुन्छः प्रदेश प्रमुख ‘प्यासी’

सबैको भावना समेटेर प्रदेशको नामाकरण हुन्छः प्रदेश प्रमुख ‘प्यासी’

१३ फाल्गुन । प्रदेश नं. १ का प्रमुख सोमनाथ अधिकारी (प्यासी)ले सबैको भावनाको प्रतिनिधित्व हुने गरी प्रदेशको नामाकरण हुने बताउनुभएको छ । हिजो सोमबार झापाको बिर्तामोडमा आयोजित छलफलमा प्रदेश प्रमुख प्यासीले शान्ति, सहिष्णुता, सामाजिक सद्भावलाई ख्याल गर्दै प्रदेशको नामाकरण गरीने बताउनुभयो । उहाँले प्रदेशसभाको चालू अधिवेशनले प्रदेशको नामाकरण टुंग्याउने भन्दै विश्वस्त रहन आग्रह पनि गर्नुभयो ।

संघीयता कार्यान्वयनका सवालमा केही जटिल बिषय देखिए पनि त्यसलाई सबै मिलेर सहज बनाउनुपर्ने उहाँको भनाई थियो ।
संघीयता नयाँ विषय भएकाले कार्यान्वयनमा केही अलमल देखिए पनि यसले गति लिएको प्रमुख प्यासीले बताउनुभयो । मुलुकमा स्थानीय, प्रदेश र संघीय सरकार गरी तीन सरकार रहेको र सबैले कानून निर्माण गर्ने कामलाई अन्तिम चरणमा पुर्याकाले अब विकासका कामले गति लिने विचार व्यक्त गर्नुभयो । प्रदेश १ मा अब थोरै मात्र कानून बन्न बाँकी रहेको उहाँको भनाई थियो ।

प्रतिक्रिया:

सम्बन्धित खवर