झापाको सुरुङ्गाबाट अबैध काठसहित पिकअप नियन्त्रणमा

झापाको सुरुङ्गाबाट अबैध काठसहित पिकअप नियन्त्रणमा


७ फागुन । झापाको कन्काई नगरपालिका सुरुङगाबाट प्रहरीले अबैध काठसहित एउटा पिकअप नियन्त्रणमा लिएको छ । कन्काइ सब डिभिजन बन कार्यालय सुरुङगाको बिशेष सुराकीको आधारमा इलाका प्रहरी कार्यालय सुरुङ्गा र ट्राफिक प्रहरी पोष्ट सुरुङगाले कन्काई नगरपालिका वडा नं ३ स्थित सुरुङ्गाबाट अबैध ४६ क्यु. बि. सालको काठ सहित काठ बोकेको को १ च ६४०४ नं को पिकअपलाई नियन्त्रणमा लिएको हो ।

बरामद गरिएको काठ, पिकअप र पिकअप चालकालाई नियन्त्रणमा लिएर आवश्यक कार्बाहीको लागि कन्काइ सब डिभिजन बन कार्यालय सुरुङगामा बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर