छैठौँ दमक फुड फेस्टिबल आजबाट सुरु

छैठौँ दमक फुड फेस्टिबल आजबाट सुरु


७ फाल्गुन । झापाको दमकमा आज (बुधबार)बाट छैठौँ दमक फुड फेस्टिबल सुरु भएको छ । दमक ६ स्थित बसपार्कमा आज एक कार्यक्रमका बिच दमक नगरपालिकाका मेयर रोमनाथ ओलीले बेलुन उडाएर फेस्टिबलको उद्घाटन गर्नुभएको हो ।

होटल ब्यवसायी संघ दमकको आयोजनामा शुरु भएको फुड फेस्टिबल आउदो फाल्गुन ११ गतेसम्म संञ्चालन हुने बताईएको छ । फेस्टिबलको उद्घाटन गर्दै मेयर ओलीले यो कार्यक्रमले दमकलाई धेरै फाइदा दिने बताउनुभयो । खानामा गुणस्तर कायम गर्नुपर्ने भन्दै मेयर ओलीले बिषादी मिसावट कम गर्दै अग्र्यानिक र स्थानिय जातजातिका खानामा जोड दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै उपमेयर गीता अधिकारीले खानामा सरसफाई आवश्यक भएको र नागरिकको स्वास्थ्यमा ध्यान दिन सुझाव दिनुभयो ।
४ दिन सम्म संञ्चालन हुने सो फुड फेस्टिबलमा ५० हजार जनाले अवलोकन गर्ने लक्ष आयोजकको रहेको छ । साथै सो फेस्टिवल संञ्चालन भईन्जेल दमकमा आउने पाहुनाहरुलाई दमकका जुनसुकै होटलहरुमा २५ प्रतिशत छुटको ब्यवस्था समेत गरिएको बताईएको छ ।

फेस्टिवलमा ५० वटा स्टलहरु रहेको आयोजकले बताएको छ । सो स्टलहरुमा विभिन्न जातजातीका परिकारसहित दमकका होटलहरुका मैलिक परिकारको ब्वस्था गरिएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर