२० भाद्र, सुनसरी । प्रदेश–१ मा पछिल्लो २४ घण्टामा कोरोना भाईरसको संक्रमणबाट चार जनाको मृत्यु भएको छ ।
मृत्यु हुने सवै मोरङका रहेका छन् । त्यसमा विराटनगरका २ महिला र बुढीगंगा र धनपालथानका १–१ पुरुषको रहेको प्रदेश–१ सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रदेश–१ मा हालसम्म मृत्यु हुनेको संख्या ३९ पुगेको छ । त्यसमा प्रदेश–१ स्थायी ठेगाना भएका २७ रहेका अन्य १२ जना प्रदेश १ बाहिरका रहेका छन् ।